Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माङसेबुङद्वारा कृषिमा यान्त्रिकरण गर्न अनुदानमा कृषि औजार वितरण

माङसेबुङद्वारा कृषिमा यान्त्रिकरण गर्न अनुदानमा कृषि औजार वितरण

  • सन्देश सम्वाददाता
  • बुधबार, चैत्र १२ २०८१


माङसेबुङद्वारा कृषिमा यान्त्रिकरण गर्न अनुदानमा कृषि औजार वितरण

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले कृषिमा यान्त्रिकरण गर्न ५० प्रतिशत अनुदानमा कृषकहरुलाई यान्त्रीकरण औजार वितरण गरेको छ । माङसेबुङ गाउँपालिका कृषि शाखाको चालु आर्थिक वर्ष २०८१/०८२ को ‘साझेदारीमा कृषि यान्त्रीकरण खरिद तथा वितरण कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले कृषि समूह र निजी कृषि फार्महरुलाई ५० प्रतिशत अनुदानमा औजार वितरण गरेको हो ।

मङ्गलबार गाउँपालिका कार्यालयको प्राङ्गणमा कार्यक्रम आयोजना गरी पाँच वटा निजी कृषि फार्मलाई एकरएक वटा र एउटा कृषि समूहलाई तीन वटा मिनिटिलर वितरण गरेको प्रवक्ता सुसन राईले जानकारी दिए । गाउँपालिका अध्यक्ष हेमन्त राईले कृषकहरुलाई कृषि यान्त्रीकरण हस्तान्तरण गरे । यान्त्रीकरण हस्तान्तरण गर्दै अध्यक्ष राईले आधुनिक कृषि उपकरणहरुको प्रयोगले कृषकहरुको उत्पादन वृद्धि गराउन सहयोग पुग्ने बताए

‘कृषकलाई प्रोत्साहित गर्दै कृषि पेसालाई यान्त्रीकरणमा जोड दिने उदेश्यले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको हो,’ अध्यक्ष राईले भने, ‘माग त धेरै थियो तर हाम्रो बजेटको आकारअनुसार सबैलाई दिन सकिएन, बाँकी कृषकहरुलाई आगामी दिनमा अवश्य सम्बोधन गरिनेछ ।’

उनले कृषि समूह र निजी फार्महरुको माग र आवश्यकताको आधारमा यान्त्रीकरण ‌औजार वितरण गरिएको बताए । गाउँपालिकाले तीन लाख ४० हजार र कृषि फार्म र कृषि समूहले तीन लाख ४० हजार साझेदारी गरेको छ । एक कृषि फार्मले एउटा मिनिटिलरको ५० प्रतिशत अनुदान रकम ४२ हजार पाँच सयका दरले लागत साझेदारी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार