Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

प्रदेश योजना आयोगबाट आयोजना छनौट तथा आयोजना बैंक सम्बन्धि अभिमुखिकरण

प्रदेश योजना आयोगबाट आयोजना छनौट तथा आयोजना बैंक सम्बन्धि अभिमुखिकरण

  • सुजन तिमल्सिना 
  • बिहिबार, चैत्र ६ २०८१


प्रदेश योजना आयोगबाट आयोजना  छनौट तथा आयोजना बैंक सम्बन्धि अभिमुखिकरण

इलाम । आर्थिक वर्ष २०८२÷०८३ मा संचालन गर्नुपर्ने आयोजना छनौट तथा आयोजना बैंक सम्बन्धि अभिमुखिकरण तथा बार्षिक योजना तर्जुमा गोष्ठि इलाममा सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको प्रदेश योजना आयोगले आयोजना गरेको कार्यक्रममा इलामबाट प्रदेश निर्वाचन क्षेत्रबाट निर्वाचित ४ जना प्रदेश सभासदस्य, १० वटै स्थानीय तहका जनप्रतिनधि र प्रदेश सरकार मातहत रहेका कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो । प्राथमिकताका आधारमा योजना छनौट गर्ने र छनौट भएका आयोजनाहरुलाई कार्यान्वयनमा सहज बनाउन जिल्ला तहमै छलफल गरिएको हो ।
प्रदेशस्तरीय आयोजना संचालनमा नीतीबारे जानकारी, कार्यान्वयन योग्य र प्राथमिकता प्राप्ता प्रदेशस्तरीय आयोजना प्राप्त गर्ने उदेश्यले आयोजना बैंक सम्बन्धि अभिमुखिकरण तथा बार्षिक योजना तर्जुमा गोष्ठि आयोजना गरिएको प्रदेश योजना आयोगका सदस्य नारायण कोइरालाले बताए ।
कार्यक्रमबाट प्राप्त आयोजनाहरुबाट प्राथमिकताका आधारमा छनौट गरि कार्यान्वयन हुने प्रदेश योजना आयोगले जनाएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादूर राना मगरको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य गोविन्द गिरि, खिनु लङ्वा लिम्बु सुभकामना मन्तव्य राखेका छन् । प्रदेश योजना आयोगका सदस्य नारायाण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य समसेर राई, खगेस्वरी पौडेल (बन्दना) लगायतको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला समन्वय समिति उप–प्रमुख चित्रकला बराइलीले सुभकामना मन्तव्य राखेका थिए ।

थप तस्बिरहरु : 

 

प्रतिक्रिया
सम्बन्धित समाचार