Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

वुमन्स डे कपमा नेपालले युगाण्डासँग खेल्दै, जित्नैपर्ने दबाब

वुमन्स डे कपमा नेपालले युगाण्डासँग खेल्दै, जित्नैपर्ने दबाब

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन २९ २०८१


वुमन्स डे कपमा नेपालले युगाण्डासँग खेल्दै, जित्नैपर्ने दबाब

इलाम । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज पाँचौं दिनका खेलहरू हुँदैछन् । जसअन्तर्गत दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा नामिबिया र हङकङबीच खेल हुँदैछ । दोस्रो खेलमा घरेलु टोली युगाण्डा र नेपाल खेल्ने छन् । नेपालको खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ ।

हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब रहनेछ । शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपाललाई जितको विकल्प हुनेछैन । शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा नामिबिया र चौथो खेलमा हङकङसँग पराजित भएको थियो ।

आजै हुने नामिबिया र हङकङबीचको पहिलो खेलको विजेताले फाइनल खेल्ने पक्का हुनेछ । नेपालले भोलि अन्तिम खेलमा हङकङसँग खेल्नेछ । शीर्ष २ मा पर्न नसक्ने टोलीहरू तेस्रो स्थानका लागि खेल्ने छन् ।
नेपालको टोली : इन्दु बर्मा (कप्तान) , रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट

प्रतिक्रिया
सम्बन्धित समाचार