Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

वुमन्स डे कपमा नेपाल हङकङसँग २ रनले पराजित

वुमन्स डे कपमा नेपाल हङकङसँग २ रनले पराजित

  • सन्देश सम्बाददाता
  • मंगलबार, फाल्गुन २७ २०८१


वुमन्स डे कपमा नेपाल हङकङसँग २ रनले पराजित

इलाम । युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले हङकङसँग हार व्यहोरेको छ । नेपाल हङकङसँग २ रनले पराजित भएको हो । हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।

कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाउँदै १९औं ओभरको अन्तिम बलमा आउट भएकी थिइन् । अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक रहँदा नेपालले ७ रन मात्र जोड्न सक्यो । पुजा महतोले १९ तथा बिन्दु रावलले १४ रन बनाइन् । हङकङका लागि मारिको हिलले २ तथा सिउ मे वाइ र चान या किनले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपालसामू १०१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । हङकङले २० ओभरमा ७ विकेट गुमाएर १०० रन बनाएको हो ।
हङकङका लागि कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाइन् । मारिको हिलले २१ रन बनाइन् ।

नेपालका लागि ईश्वरी विष्ट र कप्तान इन्दु बर्माले २/२ विकेट लिँदा रचना चौधरी र पुजा महतोले १/१ विकेट लिए । यसअघि शनिबार भएको पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले आइतबार युगाण्डालाई हराएको थियो ।

हङकङले भने सुरुवाती खेलमा युगाण्डासँग पराजित भएपनि नामिबियालाई दोस्रो खेलमा हराएको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार