इलाम । इलाम नगरपालिकामा भूमि समस्याको समाधानका प्रक्रिया र वर्तमान चुनौतीका सन्दर्भमा छलफल कार्यक्रम गरिएको छ । इलाम नगरपालिकाको आयोजनामा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासहरुको भुमि सम्बन्धि समस्या समाधानका लागि सहजिकरण समितिसंग अन्तरक्रिया गरिएको हो ।
वडाहरुको सहजिकरण समितिलाई अद्यावधिक गर्ने र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधानकामा सरोकारवाला बीच कानूनी एवं प्राविधिक बिषयमा प्रशिक्षित गर्दै अघिबढ्ने निष्कर्ष सहित सम्पन्न गरिएको भुमिहिन समस्या समाधान आयोग इलामका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।