Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

स्थानीय तहमा आफ्नो सेवाका बारेमा प्रशिक्षण दिँदै वैदेशिक रोजगार बोर्ड

स्थानीय तहमा आफ्नो सेवाका बारेमा प्रशिक्षण दिँदै वैदेशिक रोजगार बोर्ड

  • सन्देश सम्बाददाता
  • बिहिबार, फाल्गुन २२ २०८१


स्थानीय तहमा आफ्नो सेवाका बारेमा प्रशिक्षण दिँदै वैदेशिक रोजगार बोर्ड
इलाम  ।  वैदेशीक रोजगारीमा जाने युवालाई सहज सेवा दिन कोशी प्रदेशका रोजगार सेवा केन्द्रमा आवद्ध कर्मचारीलाई क्षमता वृद्धि गरिएको छ । रोजगारीका लागि तेस्रो मुलुक पुगेका नेपाली नागरिक र उनीहरुका परिवारहरुमा आइपर्ने समस्या सहजिकरणका लागि  रोजगार सेवा केन्द्रमा आवद्ध कर्मचारीलाई तालिम, प्रविधि हस्तान्तरण गरिएको हो ।
इलाम नगरपालिका ७ कि कल्पना थापा आप्रवासी श्रोत केन्द्रको सुचना परामर्श केन्द्रमा ५ वर्षदेखि काम गर्छिन् । वैदेशिक रोजगारको क्षेत्रमा सुचना परामर्श दिँदै आएकी थापालाई वैदेशीक रोजगार बोर्डले प्रदान गरेको क्षमता अभिवृद्धि तालिमले झनै सहज बनाएको छ ।
स्थानीय तहबाटै कल्याणकारी सेवा प्रदान गर्ने निती वैदेशीक रोजगार बोर्डले लिएपनि रोजगार संयोजकमा प्रष्टता थिएन । बोर्डले दिने सेवाका बारे र आवश्यक दक्षता अभिवृद्धि गर्न स्थानीय तहका रोजगार संयोजकलाई तालिम प्रदान गरेपछि सेवा प्रदानमा सहज भएको छ ।
सरकारले २०८० वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि लिइने श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट गर्ने निर्णय गरेको थियो । रोजगार सेवा केन्द्रमार्फत नै निःशुल्करूपमा आवेदन दिन सक्ने निर्णय भएपछि बोर्ड र स्थानीय तहबिच गत आर्थिक वर्षबाट सहकार्य शुरु भएको हो ।
बोर्डले ७ सय ७३ वटै स्थानीय तहका रोजगार संयोजकको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्ने निती लिएको छ । बोर्डबाट कोशी प्रदेशका स्थानीय तहका  रोजगार संयोजकलाई २ चरणमा क्षमता अभिवृद्धि तालिम प्रदान गरिसकेको छ ।
इलामको रोङ गाउँपालिका र मोरङको विराटनगरमा मंसिर महिनामा रोजगार संयोजकलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको थियो । रोजगार संयोजकको क्षमता अभिवृद्धि तालिमले सेवाग्राहीका समस्या समाधान गर्न सहज हुने बैदेसीक रोजगार बोर्डका गोपालराज तिमल्सिनाले बताए ।
बैदेशीक रोजगार बोर्डले वैदेसीक रोजगार व्यवसायको प्रवद्र्धन, सुरक्षित, व्यवस्थित र मर्यादित  बनाउँदै रोजगारमा जाने कामदार र व्यवसायीको हकहित संरक्षणमा काम गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार