Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

होमस्टे संचालनका लागि पूर्व तयारी कक्षा इलामको फिक्कलमा शुरु (.तस्बिरहरु)

होमस्टे संचालनका लागि पूर्व तयारी कक्षा इलामको फिक्कलमा शुरु (.तस्बिरहरु)

  • गंगा पराजुली
  • मंगलबार, फाल्गुन २० २०८१


होमस्टे संचालनका लागि पूर्व तयारी कक्षा इलामको फिक्कलमा शुरु (.तस्बिरहरु)
सुर्योदय (फिक्कल) ।  इलामको पर्यटकीय नगरि सुर्योदयन गरपालिकाको फिक्कलमा नयाँ पर्यटकीय क्षेत्रमा होमस्टे संचालनका लागि समुदायमा आधारित पूर्व तयारी शिक्षा कार्यक्रम शुरु भएको छ । कोशी प्रदेश सरकारको पर्यटन कार्यालय झापा काँकरभिट्टा र सूर्योदय नगरपालिका १० वडा कार्यालयको सहकार्यमा दुई दिने होमस्टे संचालनका लागि समुदायमा आधारित पूर्व तयारी शिक्षा कार्यक्रम शुरु भएको हो । पूर्व तयारी कक्षामा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा, प्राध्यापक सागर सिवाकोटी, पर्यटक प्रहरीका प्रमुख अमृत कुमार बस्नेतले पहिलो दिनमा प्रशिक्षण दिएका थिए ।
पर्यटन कर्यालय झापा काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाको अध्यक्षता  र सूर्योदय नगरपालिका १० का वडाअध्यक्ष पेमाउगेन लामाको प्रमुख आथित्यतामा पूर्व तयारी शिक्षा कार्यक्रमको उद्घाटन भएको थियो । होमस्टे संचालनका लागि समुदायमा आधारित पूर्व तयारी शिक्षा कार्यक्रमको उद्घाटन गर्दै सूर्योदय नगरपालिका १० अध्यक्ष पेमाउगेन लामाले ग्रामीण क्षेत्रको अर्थतन्त्र विकासका लागि होमस्टेको संचालनले सहयोग पुग्ने बताए ।
उनले सूर्योदय नगरपालिका १० मा लेप्चा जातिको इतिहासको अध्ययनसँगै स्वामी पार्म, सिमपानी, फेङ्सुङ्ग गुम्बा लगायतका पर्यटकीय गन्तव्य भएकाले तीन गन्तव्यको प्रचार गर्न वडा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने– होमस्टे ग्रामीण क्षेत्रको अर्थतन्त्र विकास गर्छ, त्यसमा पनी महिलाहरुको स्वरोजगारमा ठुलो भुमिका होमस्टेको हुँदै आएको छ । होमस्टे संचालनका लागि धेरै लगानी पनि गर्नु नपर्ने र छुट्टै संरचना नचाहिने भएकाले पुर्व तयारी कक्षामा सहभागि सबैले दर्ता गरि संचालन गरेमा वडा कार्यालयबाट सहयोग गर्ने वडाअध्यक्ष लामाले बताए ।
उद्घाटन सत्रमा बोल्दै होमस्टे ममहासंघ कोशी प्रदेश समितिका सचिव मञ्जिल देवानले ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा होमस्टेको योगदान गर्ने बताए । होमस्टे संचालनले ग्रामीण क्षेत्रका पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकासमा ठुलो योगदान गर्ने देवानले बताए ।
उद्घाटन सत्रमा बोल्दै सूर्योदय नगरपालिका १० समावेशी टोलका अध्यक्ष फुर्बा लाप्चाले लेप्चा जातिको इतिहास बोकेको फिक्कल क्षेत्रमा समुदायस्तरमा होमस्टे संचालनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । होमस्टे संचालन आर्थिक विकासको मेरुदण्ड बनाउन सबैजना एक भएर लाग्ने बताए । उद्घाटन सत्रमा बोल्दै करफोक खलङ्गा सामुदायीक होमस्टेका सदस्य चन्द्र सापकोटाले पर्यटन विकाससँगै आर्थिक विकासको मेरुदण्डको रुपमा होमस्टे रहेको बताए । उद्घाटन कार्यक्रमको समापन गर्दै पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि निरन्तर काम गर्दै आएकाले पूर्व तयारी कक्षामा सहभागिले होमस्टे संचालन गरेमा कार्यलयको तर्फबाट साथ दिने बताए । होमस्टे संचालनका लागि पूर्व तयारी कक्षामा सुर्योदयन गरपालिका १० र ११ नम्बर वडाका ४० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार