Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकाबाट अव राष्ट्रिय परिचयपत्र सेवा

सूर्योदय नगरपालिकाबाट अव राष्ट्रिय परिचयपत्र सेवा

  • सन्देश सम्बाददाता
  • सोमबार, फाल्गुन १९ २०८१


सूर्योदय नगरपालिकाबाट अव राष्ट्रिय परिचयपत्र सेवा

फिक्कल । इलाम सदरमुकामबाट मात्र गरिदै आएको राष्ट्रिय परिचय पत्र भर्ने र तस्विर खिचाउने काम अव सूर्योदय नगरपालिकाबाट पनि शुरु गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय इलामबाट मात्र दिइदै आएको उक्त सेवा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभाग र सूर्योदय नगरपालिका बिच समझदारी भए पछि नगरबाटै शुरु हुने भएको हो ।

नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र बितरण अस्थायी स्टेशन स्थापना गर्ने गरी बिभागका महानिर्देशक युवराज कट्टेल र सूर्योदयका नगर प्रमुख रणबहादुर राईले समझदारी पत्रमा हस्ताक्षर गरेपछि पालिका स्तरबाटै उक्त सेवा शुरु हुने भएको सूर्योदयका प्रमुख प्रशासकीय अधिकृत अमृत राईले जानकारी दिए ।

यहि महिनाबाट सेवा शुरु गरीने नगर प्रमुख राईले जानकारी दिए । लामो समय देखि उक्त सेवा शुरु गर्न नगरले प्रयास गरिरहेको थियो ।
नगर प्रमुख राईले भन्नु भयो‘नगरबाट उक्त सेवा शुरु भएपछि स्थानीयलाई इलाम धाउनु पर्ने बाध्यता हटेको छ ।

’पछिल्लो समय बैंक खाता देखि सबै कुरामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरीएपछि जिल्ला प्रशासन कार्यालयमा फारम भर्ने र फोटो खिचाउनेको भिड लाग्ने गरेको छ ।
तस्विरः राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागका महानिर्देशक युवराज कट्टेल र सूर्योदयका नगर प्रमुख रणबहादुर राईले समझदारी पत्रमा हस्ताक्षर गर्दै ।

प्रतिक्रिया
सम्बन्धित समाचार