इलाम । किरात खालिङ राई उत्थान संघ इलामको प्रथम अधिवेसनबाट खोमबहादुर खालिङको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिती गठन भएको छ । इलाममा आयोजित प्रथम अधिवेशनबाट समिति चयन गरिएको हो । किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमिको बरिष्ठ उपाध्यक्ष जयकुमार खालिङको प्रमुख अतिथी तथा केन्द्रीय कार्यबहाक महासचिब निरकुमार खालिङको बिशेष आतिथ्यता रहेको थियो ।
संघको उपाध्यमा पदम खालिङ सचिव सुनिता खालिङ सहसचिव बेनुप खालिङ कोषाध्यक्ष सुमन खालिङ सदस्यमा लिला खालिङ, धन बहादुर खालिङ, मनिराज खालिङ, तुलाराम खालिङ, भक्त खालिङ, मनिशा खालिङ, पर्बत खालिङ, पम्फा खालिङ, अस्मिता खालिङ चयन भएका छन । कार्यक्रममा इलामबासी खालिङ समुदयको बाक्लो उपस्थिति रहेको थियो ।