चुलाचुली । भुमि समस्या समाधान आयोगको कामको प्राथमिकता र कार्ययोजनाका सन्दर्भमा सहजिकरण समितिका पदाधिकारी र सदस्य बिचको अन्तरक्रिया कार्यक्रम इलामको चुलाचुलीमा सम्पन्न भएको छ । कार्यक्रमा प्राप्त सल्लाह, सुझाव र प्रतिवद्धताले आयोगको काममा सहयोग पुग्ने अध्यक्ष प्रकाश अधिकारीले बताए ।
चुलाचुली गाउँपालिकाकाको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष, दिलु लावती साथै भूमि आयोगका जिल्ला अध्यक्ष प्रकाश अधिकारी, बिज्ञ सदस्य श्याम खड्गी सदस्यहरू रणबहादुर लिम्बु र उर्मीला खड्काको उपस्थिति रहेको थियो । अन्तिरक्रियामा चुलाचुली गाउँपालिकाका जनप्रतिनिधिहरुहको उपस्थिति रहेको थियो ।