इलाम । पुर्वी नेपाल समाज दक्षिण कोरियाको सम्पन्न चौथो अधिवेशनबाट अध्यक्षमा इलामका केदार निरौला चयन भएका छन् । नयाँ कार्यसमिति २२ सदस्यीय गठन भएको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष डम्बर बिक्रम मुखिया, राम राई, रमेश लक्सम लिम्बू, रमेश श्रेष्ठ र इन्जिता राई चयन भएका छन् ।
समितिको महासचिवमा गोविन्द बि सि, सचिव सोनाम शेर्पा, कोषाध्यक्षमा सपना सेलिङ र सह कोषाध्यक्षमा गोविन्द दुलाल चयन भएका हुन् । यसैगरि सदस्यहरुमा मनिराम राई, अमित नेम्बाङ लिम्बू, नविन तामलिङ लिम्बू, दिपक कार्की, अनिल खतिवडा, ओन खेवा लिम्बू, पाण्डव राई, गोविन्द अधिकारी, राम साम्पाङ राई अर्जुन माङफाङ राई र बाबु रोक्का मिलन रहेका छन् ।
![]()
![]()