Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

खेलकुदलाई चलायमान बनाउन प्रथम ‘ कोशी प्रदेश खेलकुद महोत्सव २०८१’ हुदै

खेलकुदलाई चलायमान बनाउन प्रथम ‘ कोशी प्रदेश खेलकुद महोत्सव २०८१’ हुदै

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन ११ २०८१


खेलकुदलाई चलायमान बनाउन प्रथम ‘ कोशी प्रदेश खेलकुद महोत्सव २०८१’ हुदै

कोशी प्रदेशमा भईरहेको खेलकुद शुन्यतालाई चलायमान राख्न तथा खेलकुद क्षेत्रमा दैनिक गतिविधी बढाउन प्रथम ‘ कोशी प्रदेश खेलकुद महोत्सव २०८१ ’हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा आइतबार पत्रकार सम्मलेनको आयोजना गरी फागुन १३ गतेदेखी १८ गते सम्म कोशी प्रदेशमा पहिलो पटक खेल क्षेत्रको विकासमा जोड दिन महोत्सवको आयोजना गर्न लागेको जनाएको छ ।

‘खेल गति नै खेलाडीहरुको प्रगति हो’ भन्ने मुख्य उद्धेश्यले स्थापित गर्न लागि खेलकुद विकास बोर्डको आयोजनामा १४ जिल्लाका एथलेटिक्स, कवड्डी, डोरी तान, सफ्ट टेनिस, कराँते,तेक्वान्दो , बुद्धिचाल,बाघचाल, महिला फुटबल, महिला भलिबल, टेवलटेनिस खेलहरु समावेश गरिएको छ ।

प्रतियोगितालाई व्यवस्थित रुपमा संचालन गर्न बोर्डका अध्यक्ष एंम सामाजिक विकास मन्त्री पाँचकर्ण राईको अध्यक्षतामा ८७ सदस्यीय मुल समारोह व्यवस्थापन समिति समेत निर्माण गरी प्रथम कोशी प्रदेश खेलकुदलाई भव्य र सभ्य बनाउने तयारी गरीएको प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले जानकारी दिए ।

महोत्सवको उद्धघाटन फागुन १३ गते शहिद रंगशाला विराटनगरमा कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले गर्ने र फागुन १८ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समापन गर्ने जनाइएको छ । प्रतियोगिता समापन गर्न १ करोड ७८ लाख ७७ हजार ५३ रुपैया खर्च हुने अनुमान गरिएको बोर्डले जनाएको छ ।

यसका लागि प्रदेश खुलकुद विकास बोर्डबाट १ करोड २० लाख र बाँकी रकम प्रदेश सरकार, निजी क्षेत्र एवंम खेलप्रेमी व्यक्तित्वहरुको सहयोगबाट पुर्ति गरिने समेत बोर्डले जनाएको छ । साथै प्रतियोगितमा समावेश भएका खेलहरु झापा र मोरङ्ग जिल्लाका विभिन्न खेल स्थलहरुमा आयोजना गरिने समेत सदस्य सचिव बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार