इलाम । इलाममा वन्यजन्तु अपराध नियन्त्रणका लागि जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाई गठन भएको छ । डिभिजन वन कार्यालयका डिभिजन प्रमुख विरेन्द्र साहको संयोजकत्वमा एकाइ गठन भएको हो ।
एकाइको सदस्यमा जिल्ला प्रशासन कार्यालय, जिल्ला न्यायधिवक्ता, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी वल, राष्ट्रिय अनुसन्धान कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्लास्तरीय कारागार कार्यालयकाबाट प्रतिनिधि रहने व्यवस्था रहेको छ । एकाईमा इलाम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सदस्य रहेका छन् । एकाइको सदस्य सचिवमा डिभिजन वन कार्यालय इलामका अधिकृत हुने व्यवस्था रहेको छ । एकाईको गठनसँगै सनिवार प्रथम बैठक बसी वन तथा वन्यजन्तु क्षेत्रमा भएका चोरी तस्करी तथा अपराधका घटनाहरुको बारेमा जानकारी गराइएको थियो । एकाईलाई रेडपाण्डा नेटवर्कले आवश्यक पर्ने प्राविधिक सामग्रीहरु पनि हस्तान्तरण गरेको थियो ।