इलाम । दोस्रो ओएसीस अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उद्धघाटन खेलमा आयोजक र पदमा स्र्पोटिङ क्लब ओखलढुङ्गा भिड्ने भएका छन् । क्लब ओएसीसको आयोजनामा इलामको ठुलो टुडिखेलमा संचालन हुने खेलमा आयोजकले ओखलढुङ्गा प्रतिद्धन्द्धी पाएको हो ।
प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टिम सहभागि छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।
प्रतियोगितामा विभागीय टिम एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, बागमती युथ क्ल्ब, क्लब ओएसिस, पदमा स्र्पोटिङ, मदर टेरेसा उत्तर प्रदेश भारत र मानेभञ्ज्याङ एफसी दार्जिलिङ सहभागि छन् ।
प्रतियोगिताको फाइनल फागुन २४ गते हुनेछ । गत संस्करणको प्रतियोगिता दिपेन्द्रशिखर एफसीलाई हराउँदै मानेभञ्ज्याङले उपाधि जितेको थियो ।