Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

पुर्ब खेलाडी एवम् प्रशिक्षक हरिओम श्रेष्ठको निधन

पुर्ब खेलाडी एवम् प्रशिक्षक हरिओम श्रेष्ठको निधन

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन ११ २०८१


पुर्ब खेलाडी एवम् प्रशिक्षक हरिओम श्रेष्ठको निधन

इलाम । पुर्ब नेपाली फुटबल खेलाडी एवम् प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ। उनले बुढासुब्वा गोल्डकपको दौरान मुटुमा समस्या आएपछि उपचारको लागि धरान स्थित बीपी कोईराला अस्पतालमा एक हप्ता उपचार गराएका थिए।

थप उपचारको लागि उनलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याइयो, जहाँ काठमाण्डौको गंगालाल अस्पतालमा उपचार भइरहेको थियो।
शुक्रबार मात्र उनलाई डिस्चार्ज गरेर घर फर्काइएको थियो, तर आइतबार बिहान स्वास्थ्यमा समस्या आएपछि पुनः अस्पताल लाने क्रममा बाटोमै उनको निधन भएको छ।

श्रेष्ठ एनआरटीको लाइफ टाइम मेम्बर समेत हुन्। फुटबलका प्रति उनको योगदान सदैव सम्झिइने छ। फुटबल जगतमा उनको योगदान र संघर्षले धेरै खेलाडीहरूलाई प्रेरित गर्यो।

उनको असमयको निधनले खेल जगतलाई गहिरो शोकमा डुबाएको छ। खेल जगत र उनका परिवारप्रति समवेदना प्रकट गर्दै धेरैजनाले शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार