Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

मच्छिन्द्र बन्यो इटहरी गोल्डकपको च्याम्पियन

मच्छिन्द्र बन्यो इटहरी गोल्डकपको च्याम्पियन

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन १० २०८१


मच्छिन्द्र बन्यो इटहरी गोल्डकपको च्याम्पियन

इलाम। मच्छिन्द्र फुटबल क्लब १५ औँ संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार भएको फाइनल खेलमा सगरमाथा युथ क्बल मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि जितेको हो ।

यो जितसँगै मच्छिन्द्रले यो सिजनको पहिलो उपाधी जितेको छ । उपाधी विजेता मच्छिन्द्र क्लबले नगद १० लाख सहित च्याम्पियनको ट्रफी प्राप्त गरेको छ । यस्तै सगरमाथा युथ क्बलले उपविजेता बन्दै नगद ५ लाख र ट्रफी प्राप्त गरेको छ ।

 फाइनल खेलमा मच्छिन्द्रलाई विजयी बनाउन विदेशी खेलाडी मलिक युसुफ र ओमुलाजा नुरैन हरिमले गोल गरेका थिए । खेलको चौथो मिनेटमा मलिक युसुफले गोल गर्दै टिमलाई अग्रता दिएका थिए भने हरिमले खेलको ८५ औँ मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

स्थानिय दर्शकको सर्पोट हुँदा पनि २ पटकको विजेता सगरमाथाले आजको खेलमा भने अपेक्षाकृत प्रर्दशन गर्न नसक्दा उपविजेतामै चित्त बुझाउनुपरेको छ । आजको खेलमा गोलका लागि राम्रो मौका पाएपनि सगरमाथाले कुनै गोल गर्न सकेन । आजको खेलको म्यान अफ द म्याच सगरमाथा युथ क्लबका कप्तान अशोक खवास घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताकको सर्वोत्कृष्ठ खेलाडी सगरमाथा युथ क्लबका कुलदिप कार्की घोषित भए । उनले नगद १ लाख र ट्रफी प्राप्त गरे ।  अन्य विधा तर्फ भने मच्छिन्द्रकै वर्चश्व रह्यो । मछिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोल रक्षक, शनिस श्रेष्ठ उत्कृष्ठ डिफेन्डर,विशाल घलान उत्कृष्ट मिडफिल्डर घोषित भए ।

यस्तै मलिक युसुफ उत्कृष्ट फरवार्ड,सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही नगद २० हजार र ट्रफी प्राप्त गरे । यस्तै प्रतियोगिता अवधिभर चार गोल गरेका मच्छिन्द्रकै मलिक युसुफ सर्वाधिक गोलकर्ता घोषित हुँदै नगद २५ हजार पुरस्कार प्राप्त गरे ।

उदयमान खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका सविन घिमिरे घोषित हुँदै ३२ इन्चको एलइडी टिभी प्राप्त गरे । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई कोशी प्रदेश सरकारका वन वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डल र कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई लगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे । फागुन तीन गते देखी सुरु भएको प्रतियोगितामा एक भारतीय सहित ८ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार