Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलाममा राष्ट्रिय स्वतन्त्र पार्टीको दुई महिने अभियान,संगठन विस्तार गर्दै रास्वपा

इलाममा राष्ट्रिय स्वतन्त्र पार्टीको दुई महिने अभियान,संगठन विस्तार गर्दै रास्वपा

  • सन्देश सम्बाददाता
  • शनिबार, फाल्गुन १० २०८१


इलाममा राष्ट्रिय स्वतन्त्र पार्टीको दुई महिने अभियान,संगठन विस्तार गर्दै रास्वपा

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाममा दुई महिना अभियान संचालन गर्ने भएको छ । जिल्ला सभापति टिका ओडारीको अध्यक्षतामा सम्पन्न बैठकले २ महिने संगठन विस्तार अभियानलाई प्रभावकारी बनाउने र जिल्ला संगठन विभाग विस्तार गर्ने योजना बनाएको हो । अभियानलाई प्रभावकारी बनाउन गठन भएका पालिका सभापतिलाई संयोजक बनाई गठन नभएका पालिकामा जिल्ला प्रतिनिधि संयोजक रहने गरी प्रदेश सदस्य, क्षेत्रिय सदस्य र जिल्ला सदस्य रहने गरी इलामका १० वटै पालिकाहरुमा अभियान संचालन गर्ने भएको हो ।
जस अनुसार सुर्योदय नगरपालिकामा सभापति रमेश भट्टराईको संयोजकत्वमा प्रदेश सदस्य सोनाम नामग्याल काजी, क्षेत्रिय सदस्य दुर्गा सुवेदी, जिल्ला सदस्य कमला अधिकारी र सविता दास सदस्य रहने अभियान टोली बनाएको छ । बैठकले रोङ गाउँपालिकामा जिल्ला सभापति टिका ओडारी संयोजक रहनेगरि प्रदेश सदस्य सोनाम नामग्याल काजी अभियान टोलीमा सहभागि रहेको छन् । माईजोगमाई गाउँपालिकामा पालिका सभापति विरेन निरौला संयोजक, संगठन विभाग प्रमुख दिनेश कुमार महत सदस्य रहेको अभियान टोली बनाएको हो ।
सन्दकपुर गाउँपालिकामा जिल्ला उपसभापति सन्तोष श्रेष्ठको संयोजकत्वमा जिल्ला रेट जिल्ला संयोजक तेज कुमार श्रेष्ठ र पालिका सम्पर्क व्यक्ति दिपक खतिवडा सदस्य रहेको अभियान टोली गठन गरेको छ ।
माई नगरपालिकामा भेला आयोजक समितिका संयोजक राम बहादुर थापा संयोजक र जिल्ला सभापति टिका ओडारी सदस्य रहेको अभियान टोली गरेको हो । त्यसैगरि इलाम नगरपालिकामा भेला आयोजक समितिका संयोजक भुवन पौडेल संयोजक, जिल्ला कोषाध्यक्ष कल्पना न्यौपाने सदस्य रहेको अभियान टोली बनाएको संगठन विभाग प्रमुख दिनेश महतले बताए ।
देउमाई नगरपालिकामा नगर सभापति श्याम राईको संयोजकत्वमा संस्थापक इलाम जिल्ला सभापति शेखर भट्टराई, निवर्तमान सभापति प्रकाश सापकोटा, जिल्ला सचिव गोकुल राई, जिल्ला सदस्य पवित्र कार्की राउत र जिल्ला सदस्य मिङ्मा शेर्पा सदस्य रहेको अभियान टोली गठन भएको छ । त्यसैगरी फाकफोकथुम गाउँपालिकामा भेला आयोजक समितिको संयोजक इन्द्र अधिकारी संयोजकत्वमा प्रदेश सदस्य महेन्द्र थापा, जिल्ला सदस्य प्रतिक बोहोरा र क्षेत्रिय सदस्य रबिन पौडेल सदस्य रहेको अभियान टोली गठन गरेको हो ।
यस्तै चुलाचुली गाउँपालिकामा भेला आयोजक समितिको संयोजक पाण्डव बस्नेतको संयोजकत्वमा क्षेत्रिय सदस्य खगेन्द्र चापागाई सदस्य रहेको अभियान टोली बनाएको छ भने माङ्सेबुङ गाउँपालिकामा जिल्ला सदस्य गणेश कार्की संयोजकत्वमा २०८० को उपनिर्वाचन प्रतिनिधि सभाका उमेद्धवार मिलन लिम्बु सदस्य रहेको जिल्ला संगठन विभागका दिनेश महतले जानकारी दिए । त्यसैगरी बैठकले प्रत्येक पालिकाबाट अभियानलाई सफल बनाउन १÷१ जना प्रतिनिधि फागुन १५ गतेभित्र सिफारिस गर्न निर्देशन पनि दिएको छ । दुई महिने अभियानका लागि पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ र रमेश प्रसाई आउने तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार