Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलामकाे हाँसपाेखरीमा टिप्परकाे ठक्करबाट बाबू-छाेराकाे मृत्यु

इलामकाे हाँसपाेखरीमा टिप्परकाे ठक्करबाट बाबू-छाेराकाे मृत्यु

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन ९ २०८१


इलामकाे हाँसपाेखरीमा टिप्परकाे ठक्करबाट बाबू-छाेराकाे मृत्यु

इलाम । आज साँझ ६ः४० बजे रोङ– ३ हाँसपोखरीस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ६४६२ नम्बरको टिपरले बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल .चालक सूर्योदय ६ फाँजीगाउँ बस्ने बर्ष अन्दाजी ४० का दिर्घ राई र पछाडि सवार उनका बुबा बर्ष अन्दाजी ७० का पवनकुमार राई गंभीर घाइते भएका थिए । मोटरसाइकल चालक दिर्घ राइको राति ८ः१२ बजे र उनका बुबा पवनकुमार राईको ८ः२१ बजे उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको हो । दुवै जनाको शब सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल ,टिपर, टिपर चालक माईजोगमाई –२ शान्ति चोक बस्ने वर्ष अन्दाजी ३० का खगेन्द्र थामीलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार