फिक्कल । देउमाई कपको फाइनल अघि भएको मैत्रीपूर्ण खेलमा नेपाल तरुण दल बिजयी भएको छ । युवा संघ देउमाईलाई २–० ले हराउँदै तरुण दल देउमाई बिजयी भएको हो । तरुण दलको जितमा खेलमा बिमलकाजी खम्बु र युनिक थापाले गोल गरे ।
पहिलो हाफको १३ औ मिनेटमा तरुण दलका सभापति बिमलकाजी खम्बुले अग्रता दिलाए । खेलको ६२ औ मिनेटमा युनिकले अग्रता दोब्बर बनाए । बिजेता र उपबिजेता टिमलाइ देउमाई स्पोर्टिङ क्लबले नगद पुरस्कार सहित सम्मान गरेको छ ।
भोलि शनिबार हुने समापन कार्यक्रममा १५ औ राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगितामा पदक जित्ने देउमाइका खेलाडीहरुलाइ समेत सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् । फाइनल खेल सुर्योदय नगरपालिका र इलाम नगरपालिका बिच हुनेछ ।