Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इटहरी गोल्डकपको उपाधिका लागि सगरमाथा र मछिन्द्र भिड्ने

इटहरी गोल्डकपको उपाधिका लागि सगरमाथा र मछिन्द्र भिड्ने

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन ९ २०८१


इटहरी गोल्डकपको उपाधिका लागि सगरमाथा र मछिन्द्र भिड्ने

इलाम ।  १५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सगरमाथा यूथ क्लब मोरङ र मछिन्द्र फुटबल क्लब बिच प्रतिस्पर्धा हुने भएको छ । अन्तिम सेमिफाइनल खेलमा सगरमाथा यूथ क्लबले धरान फुटबल क्लबलाई पराजित गर्दै मछिन्द्रसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

इटहरी रङ्गशालामा भएको खेलमा सगरमाथालाई उपाधि नजिक पुर्‍याउन कुलदिप कार्कीले निर्णायक गोल गरेका थिए । कार्कीले खेलको २९ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन । २६ औँ मिनेटमा धरानका विक्रम धिमालले सगरमाथाका सुशील राईलाई डिएरियामा लडाएपछि पाएको पेनाल्टीमा कुलदिपले  गोल गरे ।

रेफ्रि कविन व्यञ्जनकारको पेनाल्टी दिने उक्त निर्णय प्रति धरानका प्रशिक्षक तथा खेलाडीले असन्तुष्टि जनाउँदै विरोध गरेपछि केही बेर खेल रोकिएको थियो । पहिलो हाफमा एक शून्यको अग्रता लिएको सगरमाथाले अन्तिम समय सम्म सोही अग्रता कायम राखेपछि फाइनल यात्रा निश्चित भएको हो ।

खेलको म्यान अफ दि म्याच कुलदिप कार्की घोषित हुँदै नगद १० हजार पुरस्कार पाए । मछिन्द्र फुटबल क्लब यस अघि नै फाइनल पुगिसकेको छ । युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) भारतलाई ३ —१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र फाइनल प्रवेश गरेको हो ।

सगरमाथा यूथ क्लब र मछिन्द्र फुटबल क्लब बिचको फाइनल खेल शनिवार दिउँसो २ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५लाख प्राप्त गर्ने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार