Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा व्यवसायीक बाख्रा पालनमा आकर्षण बढ्दै (तस्बिरहरु)

सन्दकपुरमा व्यवसायीक बाख्रा पालनमा आकर्षण बढ्दै (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शुक्रबार, फाल्गुन ९ २०८१


सन्दकपुरमा व्यवसायीक बाख्रा पालनमा आकर्षण बढ्दै (तस्बिरहरु)

इलाम । बाख्रा खरिद गर्ने व्यवसायी घरमै पुग्ने गरेपछि इलामको सन्दकपुर गाउँपालिका भित्रका किसान व्यवसायीक बाख्रा पालनमा आकर्षित भएका छन् । स्थानीय तह, सहकारी संस्था र प्रदेश सरकारले प्राविधिक सिप र खोर व्यवस्थापनमा सहयोग गरेसँगै बाख्रा पालनमा किसानको आकर्षण बढेको हो ।
बाख्रा खरिद गर्ने व्यवसायी सन्दकपुर गाउँपालिका भित्रका किसानका घरमै पुग्ने गरेका छन् । स्थानीय तह र प्रदेश सरकारबाट व्यावसायिक बाख्रापालनको प्रोत्साहान कार्यक्रमले सन्दकपुर गाउँपालिकामा व्यवसायीक बाख्रा पालनमा आकर्षण बढेको छ । खसि बोका बिक्रिका लागि बजार धाउनु नपर्ने भएपछि किसान अहिले बाख्रा पालनमा आकर्षित भएका हुन् ।
बजारको अभाव नहुने, आम्दानी मनग्गे गर्न सकिने भएकाले बाख्रापालन किसानको आर्थिक उन्नतीको माध्यम बनेको हो । सन्दकपुर गाउँपालिकामा संचालनमा रहेका सहकारी संस्थाले पनि बाख्रा पालनमा लगानी गर्दै आएका छन् ।
समथर भू–भाग र भिराला जग्गामा घाँस खेती गर्न, बाख्राको खोर सुधार र कम्पोष्ट मल उत्पादनमा सहकारी संस्थाले ऋण लगानी गर्दै आएको छ ।
सहकारीले एक किसानलाई बाख्राको खोर सुधारका लागि ५० हजारदेखि १ लाखसम्म ऋण लगानी गर्छन् । चरन क्षेत्रमा आधारित बाख्रा पालनलाई सुधारिएको खोरमा पालन गर्ने सिप किसानलाई हस्तान्तरण हुँदै आएको छ ।
सुधारिएको खोरमा बाख्रा पालन गर्ने किसानलाई निःशुल्क रुपमा उन्नत जातको घाँस गाउँपालिकाको पशु सेवा शाखाबाट वितरण हुन्छ । किसालने अहिले व्यवस्थित खोर निर्माण गरि बाख्रा पालन गर्दै आएका छन् ।
मेहनत र सहि काम छनौट गर्न सकिए गाउँमा नै बसेर ठूलो आर्थिक प्रगती गर्न सकिन्छ भन्नेमा यहाँका किसान छन् । गाउँवाट विदेश जाने क्रम उच्च हुँदै गएपछि युवाहरुलाई बाख्रापालनमा आकर्षित गर्न सहकारी संस्थाले प्रोत्साहान गर्दै आएका हुन् । किसानले बोयर, साधन, जमुनापारि, बुकुने जातिका बाख्रा पालन गर्दै आएका छन् ।

तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार