नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका–६ प्याङ्गमा आजबाट महाशिवरात्री खुल्ला पुरुष तथा भेट्रान्स फुटबल प्रतियोगिता सुरु हुँदैँछ । रुलुक रमिते क्लब (आरआरसी) को आयोजनामा हुने प्रतियोगिताको उद्धघाटन खेलमा आरआरसी प्याङ्ग र टारी एफसी भिड्दैछन् ।
त्यसैगरी भेट्रान्स तर्फ आरआरसी भेट्रान्स र सन्दकपुर खेल संघ भिड्दैछन् । अन्तिम खेलमा सुनाखरी खेल संघ जमुना र फ्रेनसिप एफसी भिड्दैछन् । खुल्ला तर्फ १२ क्लब र भेट्रान्स तर्फ ८ क्ल्ब सहभागी छन् । खुल्ला तर्फ बिजेताले १ लाख १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ प्राप्त गर्नेछ ।
भेट्रान्स तर्फ १५ हजार १ सय ११ र उपविजेताले ८ हजार ५५ प्राप्त गर्नेछ । उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उदियमान खेलाडीलाई समेत पुरस्कृत गरिनेछ । प्रतियोगिताको फाइनल फागुन १४ गते हुनेछ । प्रतियोगिता प्याङ्ग माविको खेलमैदानमा संचालन हुनेछ ।