इलामको सन्दकपुर गाउँपालिका–३ सुलुवुङस्थित लुरिङटार खेलमैदानमा आयोजित नवज्योति गोल्डकपको उपाधि सदाबहादर भित्ते र डाइनामिक सुम्बेकले जितेको छ । खुल्ला तर्फ फाइनलमा भित्तेले जेएफसी जमुनाको चुनौती ३–१ गोल अन्तरले पन्छाएको हो ।
भित्तेको तर्फबाट लोकेन्द्र थापाले २ र सञ्जय राईले १ गोल गरे । जेएफसीका प्रशान्त लिम्वुले सान्त्वना गोल गरे । विजेताले नगद रु १ लाख ५ र उपविजेतले नगद रु ५० हजार ५ सहित ट्रफि प्राप्त गरे । भेट्रान्सतर्फ डाइनामिक एफसी सुम्वेकले २–० गोल अन्तरमा सिम्ले भेट्रान्स देउमाइलाई पाखा लगायो ।
सुम्वेकका लागि युवराज श्रेष्ठ र प्रकाश तामाङले गोल गर्दै उपाधी सुनिश्चित वनाए । विजेताले ३० हजार ५ रूपैयाँ र उपविजेताले १५ हजार ५ रूपैयाँ सहित ट्रफी पाए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य एवम पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री शम्सेर राईले खेलकुद क्रेजलाई पर्यटनसँग जोड्दै समग्र सन्दकपुरको विकासमा आफू प्रतिवद्ध रहेको वताए ।
लोकतन्त्रले नै मुलुकको समग्र विकासमा उल्लेखनिय उपलब्धि हासिल गरेको उल्लेख गर्दै राईले विभिन्न रूपमामा व्यवस्था विरोधी गतिविधि हुने गरेकाले सजग हनु पर्ने वताए । आयोजक नवज्योती फुटवल संघका अध्यक्ष अर्जुन लुङ्गेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष तुलाराम गुरूुङ, उपाध्यक्ष हरि लुङ्गेली, नवज्योतिका संस्थापक अध्यक्ष कमल वुर्जा लगायतले मन्तव्य राखेका थिए ।
विजेता तथा उपविजेता खेलाडीलाई सन्दकपुर गाउँ पालिकाका अध्यक्ष तुलाराम गुरूङले पुरस्कार प्रदान गर्नुभयो। माघ २८ देखि संचालित प्रतियोगितामा खुल्ला १६ र भेट्रान्सतर्फ १६ टिमको सहभागिता रहेको थियो