सुनसरी । डिफेन्डिङ च्याम्पियन चर्च बोइज युनाइटेड १५ औँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरीएको छ । चर्च बोइजलाई २– १ को गोल अन्तरले पराजित गर्दै धरान फुटबल क्लब सेमिफाइनल प्रवेश गर्न सफल भएको छ ।
धरान फुटबल क्लबका लागि खेलको ४६ औँ मिनेटमा दोर्जे तामाङ्गले गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो गोल भने दोस्रो हाफको १२ औँ मिनेटमा विवेक राईले गरेका थिए । उनले गरेको गोल नै टिमको जितका लागि निर्णायक बन्न पुग्यो ।
दोस्रो हाफको अन्तिम समयमा चर्च ब्वाइजका अनन्त तामाङ्गले हेड मार्फत गोल गर्दै दबाव केही घटाउने प्रयास गरेका थिए । त्यसपछि लगातार दबाव बनाएको चर्च ब्वाइजले थप गोल गर्न नसक्दा खेल हार्न पुगेको छ । बुधबारको पहिलो सेमिफाइन खेल युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) र मच्छिन्द्र क्लब काठमाण्डौ बीच हुने छ ।