फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिकामा रेबिज विरुद्धको खोप अभियान तिव्र रुपमा अघि बढाइएको छ । फाकफोकथुम पशुसेवा सेवा शाखाद्वारा आर्थिक बर्ष ०८१/८२ रेविज रोग न्यूनीकरण अभियान अन्तरगत कार्यक्रम अघि बढाएको हो ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बिराटनगरबाट प्राप्त रेविज बिरूद्धको खोप प्रत्येक वडा तथा टोलटोलमा घरपालुवा जनावर कुकुरहरूमा रेविज रोग न्यूनीकरण खोप अभियानमा सञ्चालन गरिएको फाकफोकथुम पशुसेवा कार्यालय प्रमुख पर्शुराम अधिकारीले जानकारी दिए ।
उनले प्राप्त ५ सय डोज मध्ये ४४० डोज घरपालुवाहरुमा लगाइसकिएको बताए । अधिकारीले आजसम्ममा प्राप्त सबै डोज लगाइसकिने जानकारी दिए ।