फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिकामा अन्तर गाउँपालिका वडा स्तरिय भलिबल हुने भएको छ । पिताम्बरुङ युथ क्लबको आयोजनमा फागुन २७ देखि २९ गतेसम्म फाकफोकथुम–७ को मदन ज्योति आवसिय बिधालयमा प्रतियोगिता संचालन हुनेछ ।
प्रतियोगितामा विजेता हुने टिमले नगद ३५ हजार ट्रफि मेडल र प्रमाणपत्र र उपविजेता हुने टिमले नगद २० हजार ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भलिबल प्रतियोगितामा भाग लिने टिमले फागुन २५ गते इन्ट्री गर्न सक्नेछ । भलिबलसंगै वृहत सांस्कृतिक कार्यक्रम समेत गरिने भएको छ ।