फाकफोकथुम । नेकपा माओवादी केन्द्र फाकफोकथुम गाउँपालिका कमिटिले विभिन्न विभाग गठन गरेको छ । ३० औ जनयुद्ध दिवसको अवसरमा आयोजित पहिलो बैठकबाट विभाग गठन गरिएको हो । खेलकुद विभाग प्रमुखमा चक्र खड्का र उप प्रमुखमा निरोज राई, युवा विभाग प्रमुखमा भुपाल लिम्बू र उपप्रमुखमा छत्र दलार्मी, विद्यार्थी÷शिक्षक विभाग प्रमुखमा अरुण दलार्मी र उपप्रमुखमा चिरञ्जिवी पाण्डे, संघसंस्था विभागमा केदार नाथ खनाल शेखर लामिछाने रहेका छन् ।
प्रकाश राईको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम इलाम इन्चार्ज धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यता र फाकफोकथुम सहइन्चार्ज प्रकाश परियारको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले माओावदी प्रति आर्कषण पछिल्लो समय बढ्दै गइरहेको बताए । उनले २०६४ सालको जस्तो उभार ल्याउनका निम्ती केन्द्र देखि टोल कमिटिसम्म सक्रिय रहनुपर्ने बताए ।
उनले पार्टी र जनवर्गीय संगठनले भ्रष्टाचार र वेथितिका विरुद्ध आवाज उठाएर जनतालाई सचेत गराउनुपर्ने बताए । त्यसैगरी नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरि जय बहादुर राई (गोविन्द) महेन्द्र गोले, फुर्वा तामाङ्ग (गोले) याम तामाङ्ग (योञ्जन) विबेक तामाङ्ग,विजय तामाङ्ग कुविर तामाङ्ग,नविन तामाङ्ग (लामा) रहेका छन् ।
त्यसैगरी छोचेन तामाङ्ग,रविन तामाङ्ग (थिङ), पुर्ण कुमार तामाङ्ग, रन बहादुर बर्देवा, बिक्रम तामाङ्ग, सरस्वती बोहोरा,रञ्जना राई, देवि बर्देवा र पार्वता राई माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई प्रमुख अतिथि शर्माले खदा र अविरले सम्मान प्रकट गरे । त्यसैगरी पार्टीको पहिलो बैठकमा थुम स्तरीय सात सल्लाहकार समितिको गठन गरिएको अध्यक्ष प्रकाश राईले जानकारी दिए ।