Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

स्पोर्टिङ इलाम र वीरगञ्जले एनएसएल नखेल्ने

स्पोर्टिङ इलाम र वीरगञ्जले एनएसएल नखेल्ने

  • सन्देश सम्बाददाता
  • बिहिबार, फाल्गुन १ २०८१


स्पोर्टिङ इलाम र वीरगञ्जले एनएसएल नखेल्ने

इलाम । स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगञ्ज युनाइटेड एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिग ९एनएसल० नखेल्ने भएका छन्। एनएसएलको अक्सन यही १० गते हुने तय छ। तर, आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले अक्सनमा इलाम र वीरगञ्जलाई भने समेटेको छैन।

इलाम क्षेत्र नं २ बाट निर्वाचित सुहाङ नेम्वाङले स्पोर्टिङ इलामको स्थापना गरेका हुन् ।  पहिलो संस्करणमा सात टोलीले सहभागिता जनाएका थिए। तर, दोस्रो संस्करणमा भने विराटनगर सिटी एफसीले आफ्नो नाम फिर्ता लिएको थियो।

यद्यपि,एनएसइएमले इलाम, वीरगञ्ज र झापा एफसीलाई थप्दै नौ टोली पुर्‍याएको थियो। पहिलो संस्करणमा यी तीन टोली प्लेअफ पुग्न असफल भएका थिए ।  यसपल्ट साबिक विजेता ललितपुर सिटी एफसीसँगै झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले सहभागिता जनाउने आयोजकले जनाएको छ। प्रतियोगिता आगामी चैतमा गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार