Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

अभागि रेडहर्स : आज एकै दिन दुवै टिम पराजित

अभागि रेडहर्स : आज एकै दिन दुवै टिम पराजित

  • नमीन ढकाल
  • बिहिबार, फाल्गुन १ २०८१


अभागि रेडहर्स : आज एकै दिन दुवै टिम पराजित

फिक्कल । इलामको रेडहर्स फुटबल क्लबले आज नै २ स्थानमा भएको प्रतियोगितामा सहभागिता जनाएको थियो । तर दुवै स्थानमा पराजित बन्न पुग्यो । झापाको खुदुनाबारीमा जारी लिम्बुनी ठुली स्मृति कप र प्रदेश लिगमा पराजय भोगेको हो । बुट्टाबारी झापालाई हराउँदै खुदुनाबारीमा सेमिफाइनल पुगेको रेडहर्स पराजित बन्यो । फाइनल पुग्ने रेडहर्सलाई जलथल एफसी झापा बाधक बन्यो ।

जलथलले इलामलाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । खेलको ३२ मिनेट जर्सी नं १७ पेनाल्टी एरिया नजिकैबाट रोशन थाम्सुहाङले गरेको गोल नै निर्णायक बन्यो । गोलकर्ता थाम्सुहाङ म्यान अफ दि म्याच घोषित हुँदै ३ हजार प्राप्त गरे । धरान रंगशालामा जारी प्रदेश लिगमा धनकुटाको देउराली युथ क्लबसंग २–१ ले पराजित बन्दै महत्वपुर्ण ३ अंक गुमाएको छ ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोश्रो हाफको १५ औ मिनेटमा रेडहर्सले गोल व्यहोर्न पुग्यो । धनकुटाका अमिर लिम्बुले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दोश्रो हाफको २६ औ मिनेटमा बिनोद धमलाले गोल गर्दै खेल बराबरी गरेका थिए । ३ मिनेट नवित्दै रेडहर्सले बराबरी गुमाउन पुग्यो । २९ औ मिनेटमा विरेन लिम्बुले गोल गर्दै धनकुटालाई महत्वपुर्ण ३ अंक दिलाए ।

रेडहर्सले समुह चरणको अन्तिम खेलमा फागुन २ गते झापाको धाइजन चाराली एफसीसंग खेल्नेछ । धाइजन यसअघि आफ्नो पहिलो खेलमा धनकुटा माथि २–० को जितका साथ ३ अंक बटुल्दै शिर्ष स्थानमा छ । २ खेलबाट धनकुटाले ३ अंक बटुलेर दोश्रो स्थानमा छ । रेडहर्स पराजयसंगै अंक विहिन छ । कोशी प्रदेशका ११ जिल्लाका लिग च्याम्पियनहरु सहभागी रहेको प्रतियोगितामा इलाम च्याम्पियन बन्दै रेडहर्सले प्रदेश लिगमा अवसर पाएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार