माङसेबुङ : १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा ताप्लेजुङ फुटबल संघ ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज (आइतबार) भएको खेलमा पथरीशनिश्चरे खेलकुद समिती मोरङलाई ३–० ले हराउँदै ताप्लेजुङ अन्तिम ४ मा प्रवेश गरेको हो ।

ताप्लेजुङको जितमा सुष्मा लिम्बू, अनुष्का शेर्पा र सुजता लिम्बूले समान एक गोल गरे । खेलको १७ औं मिनेटमा सुष्माले गोल गर्दै ताप्लेजुङलाई सुरुवाती अग्रता दिलाइन । त्यसपछि खेलको ४७ औं मिनेटमा अनुष्काले गोल गर्दै अग्रता दोब्बर बनाइन । यसैगरी खेलको ४९ औं मिनेटमा सुजताले गोल गर्दै २–० को सहज जित दिलाइन ।

खेलको प्लेयर अफ द म्याच ताप्लेजुङकी सुष्मा लिम्बू घोषित भईन् । उनले नगद ३ हजार उनन्सत्तरी रुपैयाँ हात पारिन् ।