फिक्कल । इलामको रोङ गाउँपालिका–३ मा रहेको पाथिभरा मन्दिरले २ बर्षको अवधिमा ३ करोड ३६ लाख रुपैया आम्दानी गरेको छ । गाउँपालिकाले २०७९ साल फागुन १ गतेबाट पाथीभराको सम्पुर्ण ब्यवस्थापनको स्वामित्व लिएपछि हालसम्मको अवधिमा अवधिमा सो रकम संकलन भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो (सुबास) ले जानकारी दिए ।
उनले संकलित रकम पाथिभरा मन्दिरको व्यवस्थापनमा खर्च हुने गरेको बताए । ‘अघिल्लो आर्थिक बर्ष सम्मको पुर्बधार निर्माण सम्पन्न भएको छ। यो आर्थिक बर्षको काम सुरुवात हुदैछ । केही ब्यवस्थापकिय सुधार आवश्य भएको छ । पारदर्शिता , भक्तजनको बिश्वास, कायम राख्न सफल भएको छ ।’ उनले भने
पाथिभरा संरक्षण तथा ब्यवस्थापन ऐन २०७९ जारी गरेर गाउँपालिकाले दिलिप राईको नेतृत्वमा समिति बनाएको थियो । आज मन्दिर परिसरमै भएको भेलाले पुनः दिलीप राई बाङ्देलको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ ।
गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवास, उपाध्यक्ष विष्णुमाया खवास, प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानलगायतको उपस्थितिमा सम्पन्न भेलाले पुरानै समितिका पदाधिकारी र धेरैजसो सदस्यलाई पुनः चयन गरेको छ । समितिको सचिवमा एगा अर्याल तथा कोषाध्यक्षमा कृष्ण भुजेल पुनः चुनिए ।
“ पाथिभरा संरक्षण तथा ब्यवस्थापन ऐन २०७९ को नियम ४ बमोजिम पुन सोही समितिको आकार घटाएर थप एक कार्यकालको लागि नियुक्त गरिएको स्याङबोले जानकारी दिए । पाथिभरा पुर्बको एक महत्वपूर्ण धार्मिक स्थल भएकाले नजिकै रहेको कन्याम ,श्रीअन्तुमा चहलपहल बढाउन योग्दान पु¥याएको छ ।
गाउँपालिका अध्यक्षमा मनिकुमार स्याङ्बो निर्वाचित भएपछि २०७९ सालमा मन्दिरको व्यवस्थापन समिति परिर्वतन गरेर गाउँपालिकाको स्वामित्वमा ल्याएर दिलिप राईलाई अध्यक्षको रुपमा जिम्मेवारी दिइएको थियो ।
छुट्टै एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकामा रहने गरी ल्याउन लामो समयदेखि पहल भइरहेको थियो । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी गाउँसभाबाट २०७९ माघ ११ गते पारित गरेको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार कार्यविधि बनाइ जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिर गाउँपालिकाको स्वामित्वमा ल्याएको थियो । राईको अध्यक्षतामा स्थानीयवासी, माला व्यवसायी, गैरसरकारी संस्था, चन्दादाता, शिक्षक र प्रत्येक वडाबाट एक एक जना गरी १९ सदस्यीय समिति निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिइएको थियो ।
ऐन तयार गरेर बर्सेनि पाँच लाख भक्तजन भित्र्याएर एक करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य गाउँपालिकाले पुरा गरेको छ ।