Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

घाँसमा आधारित पशुपालन प्रर्वर्द्धन गर्दै फाकफोकथुम गाउँपालिका 

घाँसमा आधारित पशुपालन प्रर्वर्द्धन गर्दै फाकफोकथुम गाउँपालिका 

  • सन्देश सम्बाददाता
  • बुधबार, माघ २३ २०८१


घाँसमा आधारित पशुपालन प्रर्वर्द्धन गर्दै फाकफोकथुम गाउँपालिका 

फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिकाले घाँसमा आधारित पशुपालनलाई  प्रवर्द्धन जोड दिएको छ । उन्नत घाँस खेती गरि पशुपालन गर्दा किसानलाई फाइदा पुग्ने भएकाले घाँसमा आधारित पशुपालनलाई गाउँपालिकाले प्राथमिकता दिएको हो ।

फाकफोकथुम गाउँपालिकामा बाँझो जमिन प्रशस्त छन् । भिराला र पाखाबारीहरु गाउँपालिका भित्र उत्तिकै पाइन्छ । प्रशस्त भिराला, पाखाबारी र बाँझो जमिन बढ्दै गएपछि गाउँपालिकाले घाँसमा आधारित पशुपालन कार्यक्रम शुरु गरको छ । गाउँपालिका भित्रका किसानहरुको मुख्य आयश्रोत नै पशुपालन हो ।

बजारमा पाइने ब्रान्ड, च्याख्ला र दानामा आधारित पशुपालन हटाउन गाउँपालिकाले घाँसमा आधारित पशुपालनलाई प्राथमिकता दिएको छ । घाँसमा आधारित पशुपालन गर्दा दुध बिक्रिबाट पाइने ८० प्रतिशत नगद किसानको हातमा पुग्ने तथ्याङ्क छ ।

बजारमा पाइने दानामा निर्भर पशुपालनबाट किसानलाई फाइदा कम हुन्छ । जसले गर्दा घाँस आधारित पशुपालनलाई प्रर्वर्द्धन थालिएको पशु स्वास्थ्य प्राविधिक पर्शुराम अधिकारीले बताए । घाँसमा आधारित पशुपालनले किसानलाई बढी नाफा हुनेछ ।

फाकफोकथुम गाउँपालिका भित्र दूध प्रशोधनको समस्या नहुँदा किसान पशुपालनमा आकर्षित छन् । किसानले उन्नत जातका पशुहरुको पालन गर्दै आएका छन् । पशुहरुलाई आवश्यक पर्ने उन्नत जातका घाँसको बिऊ गाउँपालिकाले किसानलाई हरेक वर्ष प्रदान गर्दै आएको छ ।

पशुपालनलाई व्यवसायिक बनाउन किसानलाई उन्नत जातको घाँसमा आधारित पशुपालन गर्न प्रोत्साहन गरिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए । फाकफोकथुम गाउँपालिकामा ३३ हजार लिटर दूध उत्पादन हुन्छ । उत्पादनको भएको दुध गाउँपालिका भित्रका १ सय ५० वटा डेरी उद्योगमा प्रशोधन हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार