Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

नव ज्योति च्यालेन्ज कप : रेड हर्स इलामलाई हराउँदै आयोजक सेमिफाइनलमा

नव ज्योति च्यालेन्ज कप : रेड हर्स इलामलाई हराउँदै आयोजक सेमिफाइनलमा

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ २३ २०८१


नव ज्योति च्यालेन्ज कप : रेड हर्स इलामलाई हराउँदै आयोजक सेमिफाइनलमा

इलाम । झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । दोश्रो क्वार्टरफाइनल खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १–० अन्तरको  जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो ।

आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ द म्याच भए । उनले नगद ७ हजार र ट्रफी पाए । प्रतियोगिताअन्तर्गत भोलि तेस्रो क्वार्टर फाइनल खेल सिलिगुडी युनाइटेड भारत र न्यु स्टार सुनसरीबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद दुई लाख २५ हजार र उपविजेता टिमले नगद एक लाख २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले नगद १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार