Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

माङसेबुङका २० वर्षीय नेउपानेको ‘बोन म्यारो ट्रान्सप्लान्ट’का लागि सहयोगको अपिल

माङसेबुङका २० वर्षीय नेउपानेको ‘बोन म्यारो ट्रान्सप्लान्ट’का लागि सहयोगको अपिल

  • सन्देश सम्वाददाता
  • सोमबार, माघ २१ २०८१


माङसेबुङका २० वर्षीय नेउपानेको ‘बोन म्यारो ट्रान्सप्लान्ट’का लागि सहयोगको अपिल

इलाम : इलामको माङसेबुङ गाउँपालिका-२ इभाङका मुक्तिप्रसाद नेउपानेले २० वर्षीय छोरा अन्मेस नेउपाने (यज्ञप्रसाद) लाई बोन म्यारो क्यान्सरबाट बचाउनका लागि सहयोगको अपिल गरेका छन् । अन्मेसलाई क्यान्सर भएकाले ‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्ने रकम अभाव भएकाले आवश्यक रकम सहयोग गर्न आग्रह गरेका हुन् ।

विगत एक वर्षदेखि ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत नेउपानेको ‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्न करिब ४० देखि ५० लाख लाग्ने चिकित्सकहरूले बताएकोे अन्मेसका बुबा मुक्तिप्रसादले बताए । छोरा अन्मेसलाई बचाउन आफूहरूले सहयोगका लागि सबैलाई आग्रह गर्दै आएको उनले बताए ।

चिकित्सकहरूले छोराको बोनम्यारो ट्रान्सप्लान्ट गर्न बढी रकम लाग्ने भएकाले सहयोग गर्न सार्वजनिक रूपमा अपिल गरिएको उनले बताए । यता अन्मेसको जन्मगाउँ इभाङमा ‘अन्मेस नेउपाने बचाउ अभियान’ सुरु भएको छ ।

स्थानीय समाजसेवी धनबहादुर लिम्बूको संयोजकत्वमा सुमन खनाल सहसंयोजक र पुष्पराज कार्की, रमिला कार्की र कल्पना थापा सदस्य रहेको ‘अन्मेस नेउपाने बचाउ अभियान’ समिति गठन गरी आर्थिक संङ्कलन सुरु गरिएको संयोजक लिम्बूले बताए ।

‘अन्मेस नेउपाने बचाउ अभियान’ को नाममा सिटिजन्स बैंक इन्टरनेशनलको खाता नम्बर ०६९०१००००११८१२०१ वा सहसंयोजक सुमन खनालको मोबाइल नम्बर ९८४२६९४३१२ मा सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार