Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

प्रेस सेन्टर सङ्खुवासभाको आयोजनामा अनलाइन वक्तृत्वकला प्रतियोगिता हुने

प्रेस सेन्टर सङ्खुवासभाको आयोजनामा अनलाइन वक्तृत्वकला प्रतियोगिता हुने

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ २० २०८१


प्रेस सेन्टर सङ्खुवासभाको आयोजनामा अनलाइन वक्तृत्वकला प्रतियोगिता हुने

खाँदबारी । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सङ्खुवासभाको आयोजनामा अनलाईन वक्तृत्वकलाको आयोजना हुने भएको छ । खुल्ला माध्यमिक तह(कक्षा १२ सम्म) स्तरीय ‘गणतन्त्र स्थापनामा जनयुद्धको भुमिका’ विषयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो ।

अनलाइन वक्तृत्वकलामा प्रथम हुनेले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गर्ने प्रेस सेन्टर नेपाल सङ्खुवासभाका अध्यक्ष अनिष विष्टले जानकारी दिए । प्रतियोतिामा दोस्रो र तेस्रो हुनेले क्रमश नगद सात हजार र चार हजार रुपैयाँका साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष सम्मका विद्यार्थीहरुले सभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रतियोतिगिले ५ मिनेट सम्मको एचडी क्वालिटीकाे भिडियो पठाउनु पर्नेछ ।

प्रतिस्पर्धीले भिडियो माघ २५ गते भित्रमा आयोजकको इमेलमा पठाइ सक्नु पर्नेछ । प्रतियाेगिको भिडियो माघ २६ गते युटुव मार्फत सार्वजनिक गरी र निर्णय फाल्गुण ७ गते सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार