Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

नेकपा माओवादी केन्द्र माईजोगमाई अध्यक्षमा देवीभक्त सिवाकोटी

नेकपा माओवादी केन्द्र माईजोगमाई अध्यक्षमा देवीभक्त सिवाकोटी

  • सन्देश सम्बाददाता
  • आइतबार, माघ २० २०८१


नेकपा माओवादी केन्द्र माईजोगमाई अध्यक्षमा  देवीभक्त सिवाकोटी

नयाँबजार । नेकपा माओवादी केन्द्र इलामको माईजोगमाई गाउँपालिका अध्यक्षमा देवीभक्त सिवाकोटी निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा झुलेन्द्र पौडेल, दर्पण घिमिरे, प्रेम तामाङ निर्वाचित भएका हुन् । त्यसैगरी सचिवमा बिशाल थामि, सह सचिवमा विपिन भट्टराई र कोषाध्यक्ष रुक्मिणा सुवेदी निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा टेक बहादूर निरौला, दिपक लिम्बु, वेदनारायण सुवेदी, टेक बहादूर सेन्चुरी, राम बहादूर काफ्ले, भुमिका राई, मोहन आचार्य, छिरिङ तामाङ, दुर्गा पौडेल, धन बहादूर बराईली, दुर्गा महत, हस्त सोरोङ, उत्तम खड्का, इन्द्रमाया राई र देवी माया राई निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रका निवर्तमान अध्यक्ष कुवीरमान राई (रिजन) को अध्यक्षता नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र सर्मा रमन, जिल्ला अध्यक्ष बिजय खम्बु, प्रदेश कमिटि सदस्य प्रभास सर्मा, प्रविन तिमसिना, गञ्जु प्रधान लगायतले सुभकामना मन्तव्य राखेका छन् । उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि पार्टीले शुसानको एजेण्डा अघि सारेर अघि बढेकाले सबै एक भएर देशलाई भष्ट्रचार मुक्त गर्न लाग्नुपर्ने बताए ।

थप तस्बिरहरु : 

 

प्रतिक्रिया
सम्बन्धित समाचार