सन्दकपुर । प्रजातन्त्र दिवसको अवसर पारेर आगामी माघ २८ गतेबाट नवज्योती गोल्डकप हुने भएको छ । नवज्योती खेल संघको आयोजनामा फागुन ७ गतेसम्म सन्दकपुर गाउँपालिका–३ को लुरिङटार खेलमैदानमा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा खुल्ला र भेट्रान्स तर्फको खेल हुनेछ । सेभेन ए साइड प्रतियोगिताको पुरुष खुल्ला तर्फ बिजेताले १ लाख ५ र उपविजेताले ५० हजार ५ रुपैया प्राप्त गर्नेछ । त्यसैगरी भेट्रान्स तर्फ ३० हजार ५ र १५ हजार ५ रुपैया प्राप्त गर्ने आर्थिक संयोजक गेशव खतिवडाले जानकारी दिए ।

विधागत तर्फ उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र डिफेन्डरलाई पुरस्कृत गरिने भएको छ । प्रतियोगिताको लागि मैदान व्यवस्थापनको कार्य अघि बढिरहेको छ ।