सन्दकपुर । पाँचौ संस्करणको सन्दकपुर गोल्डकप आगामी चैत्र २५ गतेबाट हुने भएको छ । देउराली स्पोर्टिङ क्लब सन्दकपुरको आयोजनामा हुने प्रतियोगिताको मिति एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो । प्रतियोगिता बैशाख १ गतेसम्म चल्नेछ ।
यस संस्करणको पुरस्कार राशीमा समेत बृद्धि गरिएको छ । प्रतियोगिताको बिजेताले २ लाख ५५ हजार र उपविजेताले १ लाख ५५ हजार प्राप्त गर्नेछ । यसअघि चौथो संस्करणको बिजेताले नगद २ लाख २ हजार २ सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैया प्राप्त गरेको थियो ।
प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहनेछ ।प्रत्येक खेलको म्यान अफ दी म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले समेत पुरस्कार पाउनेछन् ।