Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

नौमति बाजा संरक्षणमा चुलाचुली गाउँपालिका (तस्बिरहरु)

नौमति बाजा संरक्षणमा चुलाचुली गाउँपालिका (तस्बिरहरु)

  • सुजन तिमल्सिना 
  • शुक्रबार, माघ १८ २०८१


नौमति बाजा संरक्षणमा चुलाचुली गाउँपालिका (तस्बिरहरु)

इलाम । लोप हुदै गएको नौमती बाजा संरक्षणमा इलामको चुलाचुली गाउँपालिका महिलाहरु सक्रिय भएका छन् । सुभ साइतमा बजाइने नौमती बाजा हराउँदै गएपछि चुलाचुलीको चुलाचुली गाउँपालिका ३ महिलाहरु संरक्षणमा जुटेका हुन् ।


नौमती बाजा शुभ साइतमा बजाइन्छ । २० वर्षअघिसम्म नौमती बाजा बजाउने कामलाई गाउँमा दलित समुदायले आफ्नो परम्परागत पेशा ठान्थे । विवाहा ब्रतबन्ध लगायत गाउँमा हुने सबै सुभकार्जेमा नौमती बाजा बजाउन दलित समुदायबाटै प्रतिनिधित्व हुन्थ्यो । तर अहिले परम्परागत पेशा दिगो नभएपछि दलित समुदायले नौमती बाजा बजाउन छोडेका छन् ।
नौमती बाजा गाउँबाटै लोप हुने भएपछि चुलाचुली ३ का महिलाहरु संरक्षणमा जुटेका छन् । चुलाचुली ३ को सरस्वती किर्तन मण्डलीमा आवद्ध महिलाहरु नौमती बाजा संरक्षणमा जुटेका हुन् । नौमती बाजा संरक्षणमा चुलाचुली ३ का ३ वटा किर्तन मण्डलीका महिलाहरु समावेस छन् । गाउँमा हुने हरेक सुभ कार्जेमा नौमती बाजा बजाउने योजना रहेको समूहकी गंगा सुवेदीले बताइन् ।


महिलाहरुले समूहमा २ जना पुरुष पनि समावेस गरेका छन् । नौमती बाजा संरक्षणका लागि चुलाचुली गाउँपालिकाले प्रशिक्षणको बार्षिक कार्यक्रम नै बनाएको छ । नौमती परम्परागत बाजा हो । परम्परागत बाजा लोप हुन नदिन गाउँपालिकाले योजना बनाएर इच्छुक सबै समुदायमा आवद्ध महिला र पुरुषलाई तालिम दिँदै आएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ्गले बताए ।


नौमती बाजा दलित समुदायको दमाई जातिले आफ्नो परम्परागत पेशा बनाएका थिए । गाउँमा हुने सुभकार्जेमा उनीहरुनै पुग्ने गरेपनि दिगो रोजगारीको माध्यम नहुँदा सो समुदाय परम्परागत पेशाबाट विस्थापित भएको दलित अभियान्ता बिक्रम सुन्दासले बताए ।
थप तस्बिरहरु : 

 

प्रतिक्रिया
सम्बन्धित समाचार