इलाम । इलाममा २८६१ औ सोनाम ल्होच्छार कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ इलाम जिल्ला समन्वय समिति इलामको मुल आयोजना र स्थानीय तह घेदुङहरुको सयुक्त सह आयोजना र इलाम नगर घेदुङको स्थानीय आयोजनामा इलाम चोकबजारमा कार्यक्रम सम्पन्न भएको हो ।
इलाममा सांस्कृतिक पुनः जागरण अभियान सहित ल्होच्छारको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, जातिय सामाजिक सस्था, राजनितीक दल लगायत प्रतिनिधिको उपस्थिति रहेकोे थियो । गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिएको छ ।
लामा गुरुहरुद्वारा मोलम पाठ सहित क्षमी प्रज्वलित गरि ग्यालिङ बाजाद्वारा उदघाटन गरिएको कार्यक्रममा डम्फु, टुङ्ना सेलो धुन ,बोन्बो मेलो सेलो गित ,सेलो नृत्यहरुको राखिएको थियो । सोही अवसरमा पुर्व घेदुङ पदाधिकारीहरु बम बहादुर तामाङ , कुल बहादुर तामाङ , ख्याम बहादुर तामाङ , दान बहादुर तामाङ , छिकिन तामाङ ,सन्तलाल तामाङ र ज्ञानु लामालाई दोसल्ला सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रम जिल्ला घेदुङको जिल्ला अध्यक्ष दाबा तामाङको अध्यक्षतामा सम्पन्न भएको । सचिब इश्वरी तामाङले जानकारी दिए ।