इलाम । प्रेस सेन्टर नेपाल इलामले २१ औ स्थापना दिवस राहसल अनाथालयमा मनाएको छ । सेन्टरले इलाम नगरपालिका–९ मा रहेको अनाथालयमा बालबालिकाहरुलाई दैनिक उपभोग्य सामाग्री प्रदान गर्दै स्थापना दिवस मनाएको हो ।
नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य छविलाल आचार्य प्रभास, प्रेस सेन्टर प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष सुजन तिमसिना, प्रेस सेन्टर इलामको पुर्व अध्यक्ष एवम नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य बुद्धमाया सोङ्मीले दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गरे ।

कार्यक्रममा महेन्द्र रत्न बहुमुखी क्याम्पस स्ववियू सचिव राजेन्द्र लोहार, प्रेस सेन्टर इलाम सहसचिव रेविका तोलाङ्गी, निवाता चावा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको औचित्य माथि प्रेस सेन्टर प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष सुजन तिमसिनाले प्रकाश पारेका थिए ।
कार्यक्रम प्रेस सेन्टर नेपाल इलामका अध्यक्ष नमिन ढकालले संचालन गरेका थिए । प्रेस सेन्टर इलामले हरेक बर्ष अनाथालयमा रहेको बालबालिकाहरुलाई शैक्षिक एवम खाध्य सामाग्री प्रदान गर्दै स्थापना दिवस मनाउने गरेको छ ।