फिक्कल । इलामको सूर्योदय नगरपालिका–९ ढोडे पान्दामका किसानहरु सुन्तला खेतीमा आर्कषित भएका छन् । बहुबर्षे सुन्तला खेतीबाट आम्दानी हुनेभएपछि किसानहरु यसमा आर्कषित भएका हुन् ।
ढोडेमा उत्पादित सुन्तला नेपालको बजारमा मात्र नभएर भारतीय बजारमा समेत राम्रो मुल्य पाउने गरेको छ । भारतसंग सिमाना जोडिएकाले यस क्षेत्रका सुन्तला दार्जिलिङ, मिरिक लगायतका क्षेत्रमा निर्यात हुने गरेको किसानहरुको अनुभव छ ।

सुन्तला खेतीले राम्रो बजार पाएपछि किसानहरु थप विस्तारमा लागेका हुन् । केही बर्ष यता विभिन्न स्थानबाट नयाँ जातका सुन्तलाको विरुवा ल्याएर किसानहरुले विस्तार गरेका छन् । खेती विस्तारसंगै नयाँ जातको सुन्तलाको इलाममा सम्भाव्यता समेत अध्ययन गरिहेका छन् ।