इलामः पर्यटकलाई श्रीअन्तुको बारेमा जानकारी दिन सूर्योदय नगरपालिकाले डिजिटल अनलाईन वेभसाइड, ‘ट्राभल अन्तुज डटकम’ सञ्चालन गरिरहेको छ । अनलाईन संचालनपछि पर्यटकले अन्तुमा कस्ता होटल छन् के के सुविधा छ ? लगायतका सम्पूर्ण जानकारी पाउन सक्ने भएका छन् । पर्यटकले अन्तुमा आएर बस्न अनलाइन बाट नै होटल तथा होमस्टे बुकिङ गर्न मिल्ने भएको हो ।
अनलाइन संचालनका लागि नगरपालिकाले करिब ७० जना होटल तथा होमस्टे व्यवसायीहरुलाई अनलाइन बुकिङ तथा ओटिए सम्बन्धी क्षमता अभिवृद्धि तालिम दिएको छ । ‘अब अन्तु अनलाइनमै थाहा हुन्छ । घुम्न आउनेले होटल तथा होमस्टे बुकिङ गर्न सक्छन् । हामी डिजिटल युग अनुसार सेवा विस्तार गर्दै छौँ ।’ नगरप्रमुख रणबहादुर राईले भने ‘अन्तु मात्र होइन यहाँका प्रमुख पर्यटकीय गन्तब्यका बारेका विस्तारै अनलाइनमै सेवा सुविधा जानकारी गराउँछौँ ।’