इलाम : शनिबार मुकुम्लुङ संघर्ष समिति तथा स्थानीयमाथि गोली चलाएको विरुद्ध माघ १५ गतेदेखि अनिश्चितकालीन बन्द आह्वान गरिएको छ । मुकुमलुङ बचाउ संघर्ष समितिका पाँच घटकले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेका हुन् । बिज्ञप्तिमा श्री प्रसाद लिम्बू, संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति, संयोजक, प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, नन्द कन्दङवा, संयोजक, लिम्बू थरगत संस्था (याक्थुङ संयङ) सहजीकरण समूहले हस्ताक्षर गरिएको छ ।
बिज्ञप्तिमा सशस्त्र प्रहरीले मुक्कुमलुङ संरक्षणकारी योद्धाहरूमाथि २०८१ माघ १२ गते साँझ खाना खाइरहेको अवस्थामा बर्बर दमन गर्दै निर्मम गोली चलाएको उल्लेख छ । कुटपिट गरी थुप्रैलाई घाइते बनाएको भन्दै गोली लागेर घाइते हुनेहरू याम बहादुर लिम्बू, सगुन लावती, धर्मेन पालुङ्वा, मंगल लावती रहेको उल्लेख छ । लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बूलाई ताप्लेजुङ प्रहरी हिरासतमा राखेको र कतिपय घाइतेहरू सम्पर्कमा आउन नसकेको जनाएको छ ।
बेकशुरलाई निर्मम लाठीचार्ज गर्दै गोली प्रहार गरेर घाइते बनाएको भन्दै दलाल माफिया पूँजीपती चन्द्र ढकालको निजि सिडिओ र डिएसपीको रूपमा मात्रै भुमिका निर्वाह गरेको आरोप लगाउदै मुक्कुमलुङ प्रेमीहरूलाई गोली हान्न आदेश दिने ताप्लेजुङका सिडिओ र सशस्त्र प्रहरीका डिएसपीले सार्वजनिक रूपमा माफी माग्नु पर्ने अडान छ । शान्तिपूर्ण प्रदर्सनको लागि भेला भएको समुहमा गोलि चलाएकोले अनिश्चितकालिन बन्द आहृवान गर्न बाध्य भएको उल्लेख छ । यसैबीच १४ गते चन्द्र ढकाल आबद्ध ग्लोबल आइएमइ बैक अगाडि शान्तिपुर्ण धर्नाको कार्यक्रम समेत आयोजना गरिएको छ ।
बन्द गर्नुपर्ने माग मुद्दाहरू सहित आन्दोलनका कार्यक्रमहरू
१. मिति २०८१ माघ १५ गते देखि अनिश्चितकालीन यातायात बन्द मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्द घोषणा गरिएको छ ।
२. मानव अधिकार हनन गरी मुक्कुमलुङमा केबलकार बनाउने, नितिगत भ्रष्टाचार गर्दै अकुत सम्पती कमाएका माफिया दलाल चन्द्र ढकालको ग्लोबल क्ष्ःभ् बैंकमा रहेको खाता बन्द गर्न सबैलाई आव्हान गर्दछौं । सम्भव हुने ग्लोबल क्ष्ःभ् बैंकका सबै शाखाहरूमा मिति २०८१ माघ १४ गते १स्०० बजे शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने । ढकालको ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला लगायतका ग्लोबल क्ष्ःभ् बैंक बन्द गर्नु पर्ने ।
३. ब्यापक असहमतिका वाबजुद मुन्धुमीस्थलमा केबलकार बनाउन खोज्ने माफिया दलाल चन्द्र ढकाल र कारिन्दा रुद्र पौडेललाई ताप्लेजुङ जिल्ला निषेध गर्ने ।
४. वंशगद्दार मेयर अमीर मादेनलाई ताप्लेजुङ जिल्ला बाहिर निषेध गर्ने ।
५. पाथीभरा क्षेत्र विकास समिति खारेज गर्नुपर्ने ।
६. दलाल चन्द्र ढकालको कारिन्दाको रूपमा मात्रै काम गरिरहेका ताप्लेजुङका असक्षम सिडिओ र सशस्त्र प्रहरीका डिएसपीले सार्वजनिक रूपमा माफी माग्नु पर्ने र निजहरूलाइ कडा कार्वाही गर्नुपर्ने ।
७. राज्य आतंक, प्रहरी दमन र ज्यादती, केबलकार निर्माण खारेजी लगायतका बिषयमा कोण सभा, धर्ना कार्यक्रम गर्ने ।


यसैबीच जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले समेत घटना बारे प्रेस बिज्ञप्ति जारी गरिएको छ । घटना भएपछि माघ १२ गते र घाइतेको उपचारको विषयमा १३ गते बिज्ञप्ति जारी गरिएको छ । बिज्ञप्तिमा १२ गते सदाझै नियमित सुरक्षा गस्ती गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त गस्तीले केही संकास्पद गतिविधि भएको सूचनाको आधारमा बल्लुडाँडास्थित निशा राई र रमेश राईको गाई गोठमा सामान्य अनुगमन गर्दा घरेलु हतियार बामफोक, खुकुरी, गुलेली र लठ्ठी समेत नियन्त्रणमा लिने क्रममा फुङलिङ नगरपालिका वडा नं ११ वल्लुडाँडामा मिति २०८१।०१।३१ मा रुख कटान भएको दिनदेखि नै अस्थायी डेरा जमाई बसेका केवलकार निर्माण विरोधी समूह र सुरक्षाकर्मीबीच सामान्य विवाद भएको उल्लेख छ ।


गस्ती गर्दै अगाडी बढेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त गस्तीका कमाण्डर प्र.नि सहितको टोली माथि केवलकार विरोधी समूहबाट एक्कासी ढुङ्गा, चिपर्ट, दाउरा र गुलेली प्रहार गरी आक्रमणमा उत्रिए पश्चात उच्च संयमताका साथ परिचालित सुरक्षाकर्मीबाट आत्मरक्षाको अन्तिम विकल्पको रुपमा हवाई फायर गर्ने सम्मको अवस्था प्रदर्शनकारी समूहकै कारण सिर्जना भएको उल्लेख छ । उक्त घटनाबाट सुरक्षाकर्मी तर्फ २१ जना प्रहरी कर्मचारी घाइते भएकोमा १४ जना उपचार पश्चात Discharge भई आराम गरिरहेको र प्र.नि सहितका ७ जना प्रहरी कर्मचारी जिल्ला अस्पताल, ताप्लेजुङमा हालसम्म उपचारमा रहेको जनाएको छ ।
जिल्ला प्रशासनले जारी गरेको बिज्ञप्तिमा घटनालाई लिई केही Youtube समेतका अनलाईन सञ्चार माध्यमहरुबाट सत्य-तथ्य बंग्याई आम नागरिकमा भ्रम सिर्जना हुने गरी प्रकाशित समाचारप्रति स्थानीय प्रशासनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता गतिविधिलाई विशेष निगरानीका साथ लिइएको भन्दै कानून बमोजिम राष्ट्र सेवक कर्मचारीबाट कार्यसम्पादन गर्ने क्रममा सिर्जित अवरोध प्रति जिल्ला सुरक्षा समिति घोर भर्त्सना गर्दछ उल्लेख छ । मुकुमलुङ घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोग विभिन्न संघसंस्था लगायतबाट बिज्ञप्ति मार्फत ध्यानाकर्षण गरिएको छ ।
