Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलामको चुलाचुलीमा दुई दिने नाटक महोत्सव (तस्बिरहरु)

इलामको चुलाचुलीमा दुई दिने नाटक महोत्सव (तस्बिरहरु)

  • सुजन तिमल्सिना 
  • सोमबार, माघ १४ २०८१


इलामको चुलाचुलीमा दुई दिने नाटक महोत्सव (तस्बिरहरु)

इलाम (चुलाचुली) । वातावरण संरक्षण र समाजमा हुने विभेद अन्त्यका लागि चेतना फैलाउन इलामको चुलाचुली गाउँपालिकामा नाट्य महोत्सव शुरु भएको छ । बालबालिका र युवा विद्यार्थीका माध्यमबाट जनचेतना फैलाउन आयोजना भएको महोत्सवमा नेपाल र भारतका रङ्गकर्मीको सहभागिता रहेको छ ।
चुलाचुली गाउँपालिका ४ का सरोज दंगाल कार्यालयको काम छोडेर नाटक मञ्चन क्षेत्रमा पुगेका थिए । चुलाचुली ३ को सिवओरक पोखरी क्षेत्रमा पुग्दा दर्शकको उपस्थित खचाखच थियो । चुलाचुली ४ का चक्र गजमेरले महोत्सवमा मञ्चन भएका नाटकबाट आनन्द लिए ।
वहाँहरु मात्रै हैन दक्षिणी इलामको चुलाचुली रंगमञ्चले आयोजना दुई दिने नाट्य महोत्सवमा इलामसँगै झापा, मोरङ,मकवानपुरसम्मका रङ्कर्मी र दर्शकको उपस्थिति थियो । १० वर्ष अघिदेखि नाट्य क्षेत्रमा क्रियासिल चुलाचुली रङ्गमञ्चले समाजमा घटेका घटनामा आधारित भएर जनचेतनामुलक नाटक मञ्चन गर्दै आएको छ । बिद्यालयका बिद्यार्थीहरुलाई समाजका विभेद र वातावरण संरक्षणसँगै नाट्य क्षेत्रमा आकर्षित गर्न नाट्य महोत्सव आयोजना भएको हो । प्रकृतिक सहअस्तित्वको सन्देश फैलाउन सालको रुख मुनि नाट्य महोत्सव आयोजना भएको महोत्सवका चेतन आङ्थुपोले बताए ।
यो वर्षको चुलाचुली पाठशाला नाट्य महोत्सव तेस्रो संस्करण हो । ग्रामिण क्षेत्रमा रहेका अनेक घटनाहरुको कथा बनाएर नियन्त्रणका लागि युवा पुस्तामा सचेतना फैलाउने महोत्सवको मुख्य उदेश्य छ । महोत्सवमा ८ वटा नाटक, २ वटा खुल्ला प्रस्तुती, २ वटा बहससँगै नाट्य तथा चित्रकला कार्यशाला हुनेछ ।
नाकटका माध्यमबाट गाउँ समाजमा चेतना छर्न सहज हुँदै गएकाले गाउँपालिकाले पनि सहकार्य गरेको चुलाचुली ४ का वडाअध्यक्ष सागर जबेगुले बताए । महोत्सवमा उ जुनेली’ मौनताको कथा, कर्मको फल, वातावरण, भुमरी लगायत ८ वटा नाटक प्रस्तुत हुनेछन् । माघ १४ र १५ गते आयोजना हुने महोत्सवको प्रथम दिन ४ नाटक प्रस्तुत भएका थिए ।

थप तस्बिरहरु : 

 

प्रतिक्रिया
सम्बन्धित समाचार