Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सटके–पुवाखोलामा १३ करोडको लागतमा पक्की पुल बन्ने

सटके–पुवाखोलामा १३ करोडको लागतमा पक्की पुल बन्ने

  • नबिन फागो
  • बिहिबार, माघ १० २०८१


सटके–पुवाखोलामा १३ करोडको लागतमा पक्की पुल बन्ने

सोयाक । इलामको सटके–पुवाखोलामा १३ करोड भन्दा बढिको लागतमा पक्की पुल बन्ने भएको छ । इलाम नगरपालिका वडा न ९, ११ र १२ जोड्ने खोलामा १३ करोड ६५ लाखमा पुल बन्ने भएको हो ।

इलाम नगरपालिकाको नेतृत्व गर्दै नगर प्रमुख केदार थापाको पहलमा गत साल डिपिआर तयार गरिएको पुल आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा शहरी विकास मन्त्रालयबाट बन्न लागेको नगर प्रवक्ता नुतनदेव दुलालले बताए ।

मन्त्रालयबाट स्रोत सुनिश्चित भएबाट माघ महिना भित्र स्थानिय पुर्वाधार विभाग इटहरी मार्फत टेन्डर हुने उनले बताए । पक्की पुल निमार्ण पश्चात् गोलाखर्क भन्ज्याङ हुदै पुवाखोला सटके ,साङरुम्बा ,सोयाक, देउमाई नगरपालिकाको सिद्धिथुम्का, माई नगरपालिका र फाल्गुनन्द मार्ग हुदै माङसेबुङ सम्मको सडक यातायातमा सहज पहुँच हुनेछ ।

पुल निर्माण भएसंगै करिब ५० हजार नागरिकले सहज रुपमा सदरमुकामसम्मको पहुँच पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार