Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने सर्वसम्मत चयन

प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने सर्वसम्मत चयन

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ ९ २०८१


प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने सर्वसम्मत चयन

उदयपुर । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर जिल्ला समन्वय समिति उदयपुर शाखाको अध्यक्षमा अभिमन्यु लामिछाने सर्वसम्मत निर्वाचित भएका छन्। प्रेस सेन्टर उदयपुरको बुधबार सम्पन्न पाँचौँ जिल्ला अधिवेशनबाट लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

उपाध्यक्षमा गोपाल कृति (खुला) र रूपमा चाम्लिङ (महिला समावेशी) , सचिवमा दिनेश राई, सहसचिवमा विक्रम राई र भावना राई तथा कोषाध्यक्षमा सन्तोष कार्की (युवराज) चयन भएका छन्। यसैगरी, सदस्यहरूमा चेवन राई, सुनील राई, नयनराज राई, आकाश बलम्पाकी मगर, भुवन कार्की, विजय राई, सबिन कार्की, ज्ञानदीप थुलुङ, विजय कार्की र बिन्द्र राई रहेको नवनिर्वाचित अध्यक्ष लामिछानेले जानकारी दिए।

अधिवेशनले प्रदेश सम्मेलनको लागि होमबहादुर बस्नेत, राकेश नेपाली र राजेन्द्र दुस्टलाई प्रदेश प्रतिनिधि चयन गरेको छ। यसैगरी, प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विदुर कटुवाल र गजेन्द्र राईलाई चयन गरेको लामिछानेले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार