Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माैलिक बाजा संरक्षणमा जुट्दै फाकफाेकथुमका युवा

माैलिक बाजा संरक्षणमा जुट्दै फाकफाेकथुमका युवा

  • लिला बहादुर लिम्बू
  • सोमबार, माघ ७ २०८१


माैलिक बाजा संरक्षणमा जुट्दै फाकफाेकथुमका युवा

फाकफाेकथुम । इलामकाे फाकफाेकथुमका युवाहरू मौलिक रैथाने बाजाहरू संरक्षणमा जुटेका छन् बिभिन्न जातजातिहरूको मौलिक कला भाषा धर्म संस्कृति बाजाहरू लोप हुंदै गएपछि स्थानिय युवाहरू संरक्षणका लागि सक्रिय हुन थालेका हुन् ।

फाकफोकथुम-४ फुएतपा मात्र रैथाने बाजाहरू सम्रक्षण गर्न मगर समुदायमा छेलो हान्ने नौमती बाजा समुह गठन गरिएको समुहका सदस्य धन बहादुर तामाङ्गले बताए ।

त्यसैगरी लिम्बु समुदायहरूको रैथाने बाजा च्याब्रुङ (के) लोप हुंदै गएपछि थोकफेला युवा संस्था र फुङ्वा युवा क्लब दर्ता गरि समय समयमा युवा पिडिहरूलाई च्याब्रुङ नाच प्रशिक्षण दिने गरेको छ।लिम्बु जातिहरूको रैथाने बाजा बिहे भतेरमा च्याब्रुङ (के) प्रयोग हुन छोडिसकेको अवस्थालाई मध्यनजर गर्दै संरक्षणकाे कार्य गरिएकाे हाे ।

यस क्लबसित च्याब्रुङ जम्मा आफ्नै स्रोतबाट १५वटा च्याब्रुङ (के) रहेको  थोकफेला युवा संस्थाका संस्थापक सदस्य डम्बर बहादुर चवेगु लिम्बुले बताए । माङसेबुङ १ का बुद्धीजिवी तथा युमासाम्यो धर्मका केन्द्रिय सदस्य जगत योङहाङ लिम्बु प्रकृतिक पुजक लिम्बू  आफ्नो भाषा धर्म संस्कृति अनि परम्परागत रैथाने बाजाहरू आफ्नो जातिय संस्कार अनुसार जन्मेको न्वारानको दिन होस ,वा शुभ कार्जेमा होस घरमा नयाँ दुलही भित्राउँदा या मरेको अन्तिम सुधाइमा प्रयाेग हराएकाेमा चिन्ता व्यक्त गर्छन् ।

आफ्नो रैथाने बाजाहरू बजाउनु पर्ने मौलिक संस्कार रहेको तर अहिलेका युवापिडिहरूले आफ्नो संस्कार बिर्सेर आधुनिक बाजाहरू लिप्त रहेकाे उनकाे गुनासाे छ । यसैगरी फाकफोकथुम कोलबोटे बसोवास गर्दै आइरहेका डिक बहादुर परियार र चन्द्र महरा पुर्खौली रैथाने बाजा सनाई र नेगरा बजाउँदै आएका छन् । कुनै जातिय  शुभ विवाह या लिम्बु जातिहरूको कुनै सुधाइमा बोलाएमा गएर सनाई र नेगरा बजाइ दिने र बजाइ दिए बापद केहि शुल्क लिने गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार