माई । क्रिकेट एसोसिएसन नेपाल (क्यान) अध्यक्ष चतुर वहादुर चन्दले इलामको माई नगरपालिकामा क्रिकेट खेलमैदान निर्माणका लागि आवश्यक सहयोग गर्ने वताए। शनिवार माई-४ को जनमुक्ति सेनाको क्याम्प रहेको स्थानमा निर्माणाधीन अस्थायी क्रिकेट मैदानलाई कानुनी प्रकृया बुझेर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता गरेका हुन्।
अध्यक्ष चन्दले क्रिकेट खेलको बिकासको निम्ती आबश्यक सहयोग गर्ने बताए। नमुना सामुदायिक वन उपभोक्ता समुह माई(४ का अध्यक्ष केशब दहालको अध्यक्षतामा सम्पन्न संक्षिप्त कार्यक्रममा माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुले क्रिकेट खेलको विकासका लागि नगरले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा क्यानका उपाध्यक्ष रोशन सिंह, प्रदेश अध्यक्ष सर्वजितराज पाण्डे, केन्द्रिय सदस्य अर्जुन पौडेल, प्रदेश सचिव टिकराम पुरी सहित विभिन्न जिल्लाका अध्यक्ष, क्यान पदाधिकारी, जनप्रतिनिधि, खेलाडी, युवा ,बुद्धिजिवि, स्थानीयको उपस्थिति रहेको थियो ।