काठमाडौँ । इलामस्थित भूमि समस्या समाधान आयोगको अध्यक्षमा प्रकाश अधिकारी नियुक्त भएका छन् । नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अधिकारीलाई अध्यक्ष नियुक्त गरेको हो । अधिकारीको पद तथा गोपनियताको शफथ ग्रहण पनि सम्पन्न भएको छ ।
अधिकारी यसअघि ७८ सालमा पनि इलाममा यही आयोगमा साढे ६ महिना विज्ञ सदस्यका रूपमा थिए । आयोगमा एक विज्ञ सदस्य र थप दुई सदस्य रहने व्यवस्था छ । सदस्यहरू नियुक्तिको प्रक्रियामा रहेको मन्त्रालयले अध्यक्ष अधिकारीले जानकारी दिए ।
को हुन् प्रकाश अधिकारी ?
इलामको माई नगरपालिका –४ (साविक दानाबारी गाविस – ४) मा बिक्रिम सम्बतमा जन्मिएका प्रकाश अधिकारीको राजनितिक र समाजिक यात्रा २०४५ सालबाट शुरु गरेका थिए । अनेरास्ववीयुको माध्यमिक विद्यालयको प्रारम्भिक कमिटीमा २०४५ मा संगठित भइ राजनीतिक यात्रा अधिकारीले शुरु गरेका थिए । माध्यमिक तहको नेतृत्वहुँदै इलाका, क्षेत्रीय हुँदै २ पटक अनेरास्ववीयुको जिल्ला अध्यक्ष भएका थिए, अधिकारी । उनी २०५९ सालबाट २०६१ सालसम्म अनेरास्ववीयुको केन्द्रिय सदस्य भई काम गरेका थिए । इलामको पत्रकारीता क्षेत्रमा योगदान गरेका अधिकारीले १० वर्ष पत्रकारीता क्षेत्रमा क्रियासिल भएका थिए ।
इलाम साप्ताहिक, आँखा साप्ताहिक हुँदै नेपाल पत्रकार महासंघ इलाम शाखाको उपाध्यक्ष समेत भएका थिए । प्रगतिशित पत्रकारहरुको संगठन प्रेश चौतारीको संस्थापक सदस्य हुँदै जिल्ला अध्यक्ष समेत अधिकारी भएका थिए । मानव अधिकारको क्षेत्रमा अधिकारीले सन् २००१ देखि सन् २००१० सम्म क्रियासिल भई काम गरेका थिए । अनौपचारीक सेवा केन्द्र इन्सेकबाट मानवअधिकारको क्षेत्रमा क्रियासिल अधिकारी उत्कृष्ट समेत भएका थिए । गैरसकारीको क्षेत्रमा समेत क्रियासिल भएका अधिकारी गैरसकारी संस्था महासंघ कोशी प्रदेश समितिका अध्यक्ष समेत भएका थिए । मानविकी संकायको ग्रामीण विकास बिषयमा स्नातकोत्तर, शिक्षा संकायमा बि एड र कानुन संकायमा एल एल बी कोे अध्ययन गरेका छन् ।